• आइतबार, १४ भदौ २०८३
  • images

    स्वास्थ्य सेवा विभागले कार्यक्रम नै नगरी ६६ लाख  ८१ हजारको रिएजेन्ट र मेसिन खरिद गर्‍यो 

    स्वास्थ्य सेवा विभागले कार्यक्रम नै नगरी ६६ लाख  ८१ हजारको रिएजेन्ट र मेसिन खरिद गर्‍यो 

    आइतबार, भदौ ६ २०७८
    आइतबार, भदौ ६ २०७८
    स्वास्थ्य सेवा विभागले कार्यक्रम नै नगरी ६६ लाख  ८१ हजारको रिएजेन्ट र मेसिन खरिद गर्‍यो 


    काठमाडौं- स्वास्थ्य सेवा विभागले आवश्यकताको पहिचान नै नगरी मनलाग्दी रुपमा रिएजेन्ट र मेसिनरी औजार खरिद गरेर थुपार्ने काम गरेको पाइएको छ। विभाग स्रोतका अनुसार कमिसनका लोभमा हतारमा कार्यक्रम नै नबनाईं खरिद गर्दा ती रिएजेन्ट र औजार अलपत्र परेको हो। 

    रिएजेन्ट र मेसिनरी औजार खरिद गरेर प्रयोगमा नआएको विषयमा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाउँदै सदुपयोग गर्न सुझाव दिएको छ। विभागले नसर्ने रोगसम्बन्धी कार्षक्रमका लागि भन्दै ६५ लाख ८१ हजारको रिएजेन्ट र मेसिनरी औजार खरिद गरेर थुपारेको हो। तर विभागले जुन उद्देश्यका लागि रिएजेन्ट र मेसिनरी औजार खरिद गरेको हो उक्त कार्यक्रम नै गरेको छैन। 

    ‘विभागले नसर्ने रोगसम्बन्धी कार्यक्रमको लागि ६५ लाख ८१ हजारको रिएजेन्ट र मेसिनरी औजार खरिद गरेकोमा उक्त कार्यक्रम नै सञ्चालन नभएकोले सामग्री मौज्दात रहेको छ। आवश्यकता विश्लेषण गरी खरिद भएका सामान मौज्दात नरहने व्यवस्था मिलाउनुपर्छ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार