काठमाडौं । सरकारले आजबाट देशैभरी भेरोसेल खोपको दोस्रो मात्रा खोप लगाइदैैछ ।
स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले आजबाट १४ कात्तिक सम्म कोरोना विरुद्ध भेरोसेलको दोस्रो मात्रा खोप दिन लागेको जानकारी दिनुभयो ।
खोप शाखा प्रमुख दाहालले चारगतेबाट निरन्तर १४ गतेसम्म कोरोना विरुद्धको दोस्रो मात्रा खोप लगाइने भन्दै सबैलाई खोप लगाउन आग्रह गर्नुभयो ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा एक करोड ८८ लाख ५८ हजार ७१० मात्रा खोप प्राप्त गरेको जानकारी दिदै प्रवक्ता पौडेलले एक करोड ५० लाख ५८ हजार ९० मात्रा खोप लगाइसकिएको बताउनुभयो । एक मात्रा खोप पाउने ८५ लाख ६८ हजार २६२ जना र ६४ लाख ८९ हजार ८२८ छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले थप खोप प्राप्त गर्ने क्रममा रहेको जानकारी गराउँदै कोभ्याक्स सुविधामार्फत अनुदान, कोभ्याक्समार्फत सहुलियतमा खरिद गरेर, चीनको अनुदानमा र सरकारले सोझै खरिद गरेर दुई करोड ६१ लाख ५८ हजार ७६० डोज खोप आउने क्रममा रहेको बताउनुभयो ।