कञ्चनपुर, १४ साउन । दोधारा चाँदनी अस्पतालमा कार्यरत एमडीजीपी डा हरिओम केशरीले ४३ सेकेण्डमा शल्यक्रिया गरेर सुरक्षित बच्चा निकाल्नुभएको छ ।
अब डा.केशरीले शल्यक्रिया मार्फत सुरक्षित बच्चा निकाल्नुभएको थियो।
उहाँले शल्यक्रिया मार्फत सुरक्षित बच्चा निकाल्न सक्ने चिकित्सकको रुपमा विश्व किर्तिमान कायम गर्नुभएको छ ।
डा. केशरीले सुत्केरीका लागि अस्पताल आउनुभएकी गर्भवती महिलाको ४३ सेकेण्डमै शल्यक्रिया मार्फत सुरक्षित रुपमा बच्चालाई निकाल्नुभएको थियो ।
गर्भवतीको सिजेरियन (सीएस) मा उहाँको द्रृुतकार्यले विश्व रेकड कायम गरेको छ । इन्टरनेशलन बुक अफ रेकर्डस र इलाइट वर्ल्ड रेकर्डले सबैभन्दा छिटो सिजेरियन सेक्सन शल्यक्रिया गरी बच्चा जन्माउने चिकित्सकको कीर्तिमानको मान्यता दिएको छ ।
उहाँलाई सिजेरियन सेक्सन शल्यक्रिया मार्फत विश्वकै सबभन्दा छिटो बच्चा जन्माउने चिकित्सकको कीर्तिमानको मान्यता दिइएको छ। उहाँले यो समय शल्यक्रिया गर्दा पेटमा चिरा लाएदेखी पुर्ण रुपमा बच्चा निकानुसम्मको अबधिलाई मानेको छ।
दोधारा चाँदनी अस्पतालमा कीर्तिमानी शल्यक्रिया भएको ३० बैशाखमा हो ।
यसअघि सबैभन्दा छिटो सीएस गरेर राखेको विश्व कीर्तिमान ( १ मिनेट ५ सेकेण्ड) थियो ।
आपतकालीन अवस्थामा गरिएको सो शल्यक्रियालाई डा. केशरीको शल्यक्रियाले जितेको छ ।
डा केशरीले दिनुभएको जानकारी अनुसार २५ वर्षीया महिला ४० हप्ता ६ दिनकी गर्भवतीलाई अस्पतालमा ४३ सेकेण्डमा शल्यक्रियामार्फत बच्चालाई सुरक्षित निकालिएको हो ।
उहाँले पहिलो तीन घण्टा उहाँलाई प्राकृतिक रुपमा नै सुत्केरी गराउने प्रयास गरिए पनि त्यसपछि निरन्तर भ्रुण संकट प्रकट भएपछि तत्काल सीएस गर्नुपरेको थियो ।
डा.केशरी निक साइमन इन्स्टिच्युटको सहयोगमा प्राथमिक स्वास्थ्य कैन्द्रबाट १५ शैय्याको आधारभूत अस्पतालमा स्तरोन्नती भएको दोधारा चाँदनी अस्पतालमा एमडीजीपी क्लिनिकल संयोजकको रुपमा हुनुहुन्छ ।
उहाँले आफूसंग व्यापक र आपतकालीन प्रसूति तथा नवजात शिशु स्याहारमा १५ वर्ष भन्दा बढीको अनुभव भएको बताउनुभयो । उहाँसग नेपालको ग्रामीण तथा दुर्गम क्षेत्रहरु जस्तै अछाम जिल्ला अस्पताल, मंगलसेन, खोटाङ जिल्ला अस्पताल दिक्तेल लगायतका ठाउँमा उपचार गरेको अनुभव छ ।
कीर्तिमानी सिएसका लागि डा केशरीलाई डा आदित्य बर्मा, स्टाफ नर्स दुर्गा पातली, कमला महता, शंंकर कुँवर (एनेस्थेसिया सहायक)ले सघाउनुभएको थियो । निमित्त मेसु डा जीवन किरण स्नेही, र अर्जुन लावड, गरिमा जोशी र दीपिका जोशी शल्यक्रियामा सहभागी हुनुहुन्थ्यो।
