• आइतबार, १४ भदौ २०८३
  • images

    प्रसूति गृहमै ३५ प्रतिशत शल्यक्रिया 

    प्रसूति गृहमै ३५ प्रतिशत शल्यक्रिया 

    शुक्रबार, भदौ ११ २०७८
    शुक्रबार, भदौ ११ २०७८
    प्रसूति गृहमै ३५ प्रतिशत शल्यक्रिया 


    काठमाडौं । परोपकार तथा स्त्री रोग अस्पतालमै ३५ प्रतिशत प्रसूति शल्यक्रिया विधिबाट गराइएको छ । सरकारी अस्पतालमा पनि शल्यक्रिया विधिबाट प्रसूति गराउने क्रम बढेको छ । महालेखा परीक्षकको ५८ औं प्रतिवेदन अनुसार प्रसूति गृहले आर्थिक वर्ष २०७६र ७७ मा २२ हजार ४ सय ६१ जनालाई प्रसूति गराएको थियो । तीमध्ये ५३ दशमलव ६ प्रतिशतलाई सामान्य र ४६ दशमलव ३ प्रतिशतलाई असामान्य प्रसूति गराइएको हो ।
    ३५ दशमलव ३ प्रतिशतलाई शल्यक्रिया विधिबाट प्रसूति गराइएको प्रतिवेदनमा उल्लेख छ । यो विश्व स्वास्थ्य संगठनले तोकेभन्दा २० प्रतिशत बढी हो । तीन वर्षको तथ्यांकले सिजरिन विधिबाट प्रसूति गराउने क्रम बढेको देखाएको छ । आर्थिक वर्ष २०७४ र ७५ मा प्रसूति गृहमा २९ दशमलव ४ र २०७५र७६ मा ३३ प्रतिशतलाई सिजरिन विधिबाट प्रसूति गराइएको थियो ।
    विश्व स्वास्थ्य संगठनले बढीमा १५ प्रतिशतसम्मको शल्यक्रियालाई आइडल दर भनेको छ । उसको अध्ययनले सिजरिन विधिबाट प्रसूति सेवा दिंदा आमा र बच्चामा अल्पकालीन तथा दीर्घकालीन असर पर्न सक्ने औंल्याएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार