• आइतबार, १४ भदौ २०८३
  • images

    काठमाडौँ मेडिकल कलेजमा नेपालमै पहिलो पटक रोबोर्टबाट शल्यक्रिया

    काठमाडौँ मेडिकल कलेजमा नेपालमै पहिलो पटक रोबोर्टबाट शल्यक्रिया

    बिहीबार , साउन २१ २०७८
    बिहीबार , साउन २१ २०७८
    काठमाडौँ मेडिकल  कलेजमा नेपालमै पहिलो पटक रोबोर्टबाट शल्यक्रिया


    काठमाडौँ । काठमाडौँ मेडिकल कलेज (केएमसी)ले नेपालमै पहिलो पटक रोबोर्टबाट शल्यक्रिया गर्ने भएको छ ।अत्याधुनिक रोबोर्ट मेसिनबाट रोबोर्टिक सर्जरीको उपचार शुरु गर्न लागेको अस्पतालले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । अत्याधुनिक र भरपर्दो उपचारका लागि न्यूरोसम्बन्धी शल्यक्रियामा रोबोर्टको प्रयोग गरिएको केएमसीले जनाएको छ ।
    न्युरो सर्जरीमा एस ८ स्टिल्थ सिस्टम विथ गाइड, एनआईएमएस एक्लिप्स भर्सन ४ अल्ट्रा अपरेटिभ‚ नेभिगेटेड ड्रिल एन्ड एमआईएसएस सिस्टमजस्ता अत्यधुनिक उपकरणहरू खरिद गरी जडानसमेत गरिसकिएको केएमसीले जनाएको छ । उपकरणहरूसहित एड्भान्स, न्यूरोसाइन्स सेन्टरका निर्देशक तथा वरिष्ठ न्यूरो सर्जन डा. अमित थापाको अगुवाईमा न्यूरो सर्जरी प्रक्रिया शुरु भएको अस्पतालले जनाएको छ । उक्त रोबर्टिक सर्जरीमा चिकित्सकले बनाएको अप्रेसन योजनामा रोबोर्टले सहयोग गर्ने जनाइएको छ । सूक्ष्म एवं जटिल शल्यक्रियामा रोबोर्टको सहायता लिँदा शल्यक्रियामा सहज हुने केएमसीले जनाएको छ ।
    हालसम्म नेपालको कुनै पनि पनि अस्पतालमा रोबोर्टिक सर्जरी शुरु नभएको र यो सर्जरी पहिलो पटक केएमसीले शुरु गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

               

     

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार