• आइतबार, १४ भदौ २०८३
  • images
    उपचारमा लापरबाही

    ओम अस्पतालका दुई चिकित्सकलाई तीनलाख पाँचहजार र अस्पताललाई ५६ लाख ८१ हजार क्षतिपूर्ति दिलाउने अदालतको फैसला

    ओम अस्पतालका दुई चिकित्सकलाई तीनलाख पाँचहजार र अस्पताललाई ५६ लाख ८१ हजार क्षतिपूर्ति दिलाउने अदालतको फैसला

    बिहीबार , जेठ २९ २०८२
    बिहीबार , जेठ २९ २०८२
    ओम अस्पतालका  दुई चिकित्सकलाई तीनलाख पाँचहजार र अस्पताललाई ५६ लाख ८१ हजार क्षतिपूर्ति दिलाउने अदालतको फैसला

    काठमाडौं, २९ जेठ । उपभोक्ता अदालतले उपचारमा लापरबाही गरेको भन्दै ओम अस्पतालमा कार्यरत दुई चिकित्सकलाई तीनलाख पाँचहजार क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।  
    यस्तै ओम अस्पताललाई ५६ लाख ८१ हजार क्षतिपूर्ति दिलाउन अदालतले फैसला गरेको छ ।  
    उपचारमा लापरबाही गरेको मुद्दामा उपभोक्ता अदालतका राम प्रसाद शर्मा अध्यक्ष, गेहेन्द्रराज रेग्मी सदस्य र आनन्दराज पोखरेल सदस्य रहेको इजलासले उक्त फैसला गरेको हो ।  
    अदालतका स्रेस्तेदार शोभाकर खरेलका अनुसार वसन्त गौतमले आफ्नो बुवाको उपचारमा लापरबाही भएको भन्दै  ५ करोड क्षतिपूर्ति पाउँ भनेर  दायर गरेको मुद्दामा ५६ लाख ८१ हजार रुपैयाँ क्षतिपुर्ती भराउने आदेश भएको हो । 
    अस्पताललाई ८० प्रतिशत र उपचारमा संलग्न २ चिकित्सकलाई ३ लाख ५ हजारका दरले  २० प्रतिशत क्षतिपूर्ति भराउने आदेश भएको हो।

    गौतमका बुबा हरिहर प्रसाद गौतमको उपचारमा लापरबाही गरेको भन्दै छोरा बसन्त गौतमले मुद्दा दायर गर्नुभएको थियो । 
    उजुरीकर्ताका अनुसार ९८ वर्षको बुबालाई २०८१ माघ ५ मा बाथरुममा जाने क्रममा लडेर खुट्टा टेक्न नसक्ने अवस्थामा भएपछि बेडमा बस्दा बेडबाट समेत लडेपछि चाबहिलस्थित ॐ हस्पिटलको आकस्मिक कक्षमा उपचार गर्न ल्याइएको थियो । 
    आकस्मिक कक्षमा कार्यरत सामान्य चेकजाँच पश्चात एक्सरे अध्ययन गरी खासै केही नभएको भन्दै दुखाइ कम हुने इन्जेक्सन दिएर केही औषधि लेखि डिस्चार्ज गरेको उजुरीमा उल्लेख छ।  


    डिस्चार्ज गरेको ४ दिन पश्चात समेत दुखाइ कम नभएपछि हामी परिवारका अर्को निजी अस्पतालमा लैजाँदा खुट्टा फ्याक्चर भएको देखिएको बताइएको छ। सही उपचार नगरी लापरबाही भएका कारण अन्य स्वास्थ्य जोखिम उत्पन्न भएर पिताको ज्यान गएको भन्दै गौतमले  ५ करोड क्षतिपूर्ति पाउँ भन्दै मुद्दा दायर गर्नुभएको थियो । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार