काठमाडौं। सर्वोच्च अदालतका ३५ जना कर्मचारीलाई कोरोना पुष्टि भएको छ। अन्य कर्मचारी पनि बिरामी भएर उपचाररत हुनुहुन्छ । को गर्दै हुनुहुन्छ । कोरोना सङ्क्रमण देखिएपछि सर्वोच्च अदालतमा आज पूर्ण बैठक (फूलकोर्ट) बस्दै छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पूर्ण बैठक बोलाउनुभएको हो। सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार कोरोनाको सङ्क्रमण देशव्यापी रूपमा बढ्दै जाँदा सर्वोच्चका न्यायाधीश र कर्मचारीमा सङ्क्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो।
बैठकमा न्यायाधीश र कर्मचारी सङ्क्रमित हुँदा सर्वोच्चको सेवा प्रभावित हुन थालेपछि आवश्यक निर्णय लिन बैठक बस्न लागेको हो ।