• शुक्रबार, ३० असोज २०८३
  • images

    २९ जना संक्रमितको मृत्यु, काठमाडौ उपत्यकामा थपिए ४२७ संक्रमित

    २९ जना संक्रमितको मृत्यु, काठमाडौ उपत्यकामा थपिए ४२७ संक्रमित

    हेल्दीखबर
    बिहीबार , असार २४ २०७८
    हेल्दीखबर
    बिहीबार , असार २४ २०७८
    २९ जना संक्रमितको मृत्यु, काठमाडौ उपत्यकामा थपिए ४२७ संक्रमित


    काठमाडौं,२४ असार । बिहीबार थप २९ जना संक्रमितको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार ३२० पुगेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  काठमाडौंमा २८७, भक्तपुरमा ५८ र ललितपुरमा ८२जनालाई संक्रमण पुष्टि भएको छ । 

     देशभर थप १ हजार ८७५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३७४  पीसीआर र ५१३०  जनाको एन्टीजेन  गरी १० हजार ५०४ जनाको  परीक्षण गर्दा १८७५ जनामा पोजेटिभ देखिएको हो । 

    images

    यसैगरी पछिल्लो २४ घण्टामा १ हजार २८६  हजार जना संक्रमणमुक्त भएका छन् भने २९ संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९२ हजार ८४९ पुगेको छ । जसमध्ये ६ लाख १५  हजार ६१३ हजार जना निको भएका छन् भने ९ हजार ३२०  जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित २६ हजार ४७७ जना रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार