• आइतबार, १४ भदौ २०८३
  • images

    कोरोनाबाट मृत्यु हुने संख्या नौ हजार नाघ्यो

    कोरोनाबाट मृत्यु हुने संख्या नौ हजार नाघ्यो

    हेल्दीखबर
    आइतबार, असार १३ २०७८
    हेल्दीखबर
    आइतबार, असार १३ २०७८
    कोरोनाबाट मृत्यु हुने संख्या नौ हजार नाघ्यो

    काठमाडौं,१३ असार । नेपालमा कोरोनाका कारण नौ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले आईतबार थप ३४ जनाको मृत्यु भएसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार नौ पुगेको बताउनुभयो ।
    प्रवक्ता डा. पौडेलका अनुसार देशभर एक हजार ९२० जनामा कोरोना पुष्टि भएको छ ।

     

    यो सहित नेपालमा कोरोना संक्रमित छ लाख ६५ हजार ७७७ जना पुगेको छ भने कोरोना भाइरस संक्रमण निको हुनेको संख्या पाँच लाख ८४ हजार ३३४ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ हजार पीसीआर र ३ हजार ८३६ जनाको एन्टीजेन गरि जम्मा ९ हजार ८३६ जनाको कोरोना परीक्षण भएको छ । जसमा १३ सय ५३ पीसीआर र ५६७ जनाको एन्टीजेनमा पोजेटिभ देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार