हुम्ला, १७ साउन । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–५ बारी गाउँकी पूर्व गाउँपालिका उपाध्यक्ष सौमत रावल (ऐडी) लाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
पूर्वउपाध्यक्ष ऐडी सुत्केरी हुने समय नपुग्दै ६ महिनाको बच्चा जन्माउँदा साल अड्कीएपछि बेहोस हुँदा बुधबार साँझ ६ बजेट सुर्खेत उद्धार गरिएको जिल्ला अस्पताल हुम्लाका सरिता बोहराले बताइन् ।
एडीले मङ्गलबार बच्चा जन्माएर रातिदेखि रगत धेरै बगिरहेको र साल अड्किएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत हेलिकोप्टरको बुधबार माग गरि आजै उद्धार गरिएको सिनीयर अनमी बोहराले जानकारी दिइन् ।
मङ्गलबार गाउँमै रहेको बारी गाउँ स्वास्थ्यचौकीमा उपचार गर्दा पनि उपचार सम्भव नभएपछि स्वास्थ्य सेवा कार्यालय, जिल्ला प्रशासन कार्यालय हुम्लाको पहलमा उद्धार गरिएको हो ।
ऐडीको पेटमै साल अड्किएपछि बेहोस हुँदा स्वास्थ्यचौकीले रातभर स्याइन् लगाएर र बुधबार उद्धार गरिएको हो । ऐडीले चारपटक गर्भजाँच समेत गराएकी थिइन् । ऐडीले मरेको बच्चा जन्माएकी थिइन् ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमले हुम्लासहित कर्णालीका दुर्गम वस्तिबाट ज्यान बचाउँदै आएको छ । यो कार्यक्रमले निःशुल्क उद्धार गर्दा हुम्लाका महिलाको ज्यान बच्नुका साथै गरिव, विपन्नलाई समेत ठूलो राहत मिलेको छ ।