• आइतबार, १४ भदौ २०८३
  • images

    हुम्लामा भाइरल ज्वरोका बिरामी बढे

    हुम्लामा भाइरल ज्वरोका बिरामी बढे

    हेल्दीखबर
    सोमबार, फागुन ९ २०७८
    हेल्दीखबर
    सोमबार, फागुन ९ २०७८
    हुम्लामा भाइरल ज्वरोका बिरामी बढे

     हुम्ला । हुम्लाको दक्षिण भेगमा यतिबेला भाइरल ज्वरोका बिरामीको सङ्ख्या उच्च रहेको छ। दक्षिण भेगसहित जिल्लाभर ज्वरोका बिरामीको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ। 
    कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण देशभरि फैलिनुभन्दा केही महिनायता उक्त बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको स्वास्थ्यकर्मीले बताएका छन्। माघ महिना सकिएर फागुन लागेयता यस क्षेत्रमा बिरामीको सङ्ख्यामा वृद्धि भएको हो। भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि भएपछि जिल्लाभरका स्वास्थ्यचौकीमा उपचार गर्न जाने बिरामीको घुइँचो लाग्ने गरेको छ। 
    एक हप्ताको अवधिमा अदानचुली गाउँपालिकाको श्रीनगर स्वास्थ्यचौकीमा १६७ जना भाइरल ज्वरोका बिरामी उपचारमा आएको स्वास्थ्यचौकीका अहेब अशोक महताराले बताए। माघ महिनाको अन्तिमदेखि यस क्षेत्रमा बिरामीको सङ्ख्या उच्च रहेको छ भने छोटो समयमै ४०० भन्दाबढी ज्वरोका बिरामी उपचारमा आएको अहेब महताराले बताए। 

    कोरोनासँगै मिल्दोजुल्दो लक्षण भए पनि कोरोना परीक्षण गर्ने किट अभावका कारण जाँच गर्न समस्या भएको बताइएको छ। देशभरि कोभिड–१९ शिथिल बन्न लागे पनि हुम्लामा उक्त भाइरससँग मिल्दो लक्षणका बिरामीको सङ्ख्या बढ्न थालेको हो। हुम्लाको अदानचुलीमा मात्र नभई अन्य गाउँपालिकामा पनि यो बिमारीको सङ्ख्यामा वृद्धि हुन थालेको स्वास्थ्यकर्मीले बताएका छन्।
    सात स्थानीय तह रहेको हुम्लामा प्रायः भाइरल ज्वरोका बिरामी भेटिन थालेका हुन्। जिल्लाको सदरमुकाममा रहेको जिल्ला अस्पतालबाहेक अन्य स्वास्थ्य संस्थामा यतिबेला किटको अभाव भएको छ। किट अभाव हुँदा स्वास्थ्यकर्मीलाई जाँच गर्न असहज भएको छ। यो बिरामी हुनेको सङ्ख्यामा वृद्धि भएपछि यस क्षेत्रका नागरिकलाई झनै समस्या भएको पाइएको छ। रासस

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार