• बुधबार, ४ कात्तिक २०८३
  • images

    कोरोना सङ्क्रमित चिकित्सकलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयाे

    कोरोना सङ्क्रमित चिकित्सकलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयाे

    हेल्दीखबर
    बुधबार, असार २३ २०७८
    हेल्दीखबर
    बुधबार, असार २३ २०७८
    कोरोना सङ्क्रमित चिकित्सकलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयाे

    हुम्ला, २३ असार  । जिल्ला अस्पताल हुम्लामा कार्यरत कोरोना सङ्क्रमित चिकित्सक अमित बिष्टलाई हेलिकप्टरबाट काठमाडौंमा उद्धार गरि ल्याइएको छ ।दुई दिनदेखि श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँको एपिएफ अस्पतालमा हेलिकप्टरबाट ल्याइएको हो । 
    आठ दिनदेखि कोरोना सङ्क्रमित भएपनि छैटौं दिनबाट चिकित्सक बिष्टलाई कोभिड निमोनिया र फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको चिकीत्सक टाँसी आङ्जु लामाले बताउनुभयो । अक्सिजनको मात्रा साठीमा झरेको र त्यसपछि बिरामी निक्कै आत्तिन थाल्नुभएको थियो । जिल्लामा अक्सिजन कन्र्सट्रेटरबाट अक्सिजन दिईएको बताउदै उहाँलाई निको हुने लक्षण नदेखिएकोले थप उपचारका लागि काठमाडौं लग्नुको विकल्प अस्पतालसँग नरहेको उहाँले बताउनुभयो ।
    छ दिन अगाडीसम्म सामान्य देखिए पनि छ दिनपछि भने बिरामीमा समस्या आउन थाल्दा मङ्गलवारदेखि हेलिकप्टरको व्यवस्थाका लागि तयारी भएको थियो । मङ्गलबार बेलुका छ बजेतिर सिम्रिक एयरको हेलिकप्टर सिमकोट आइपुगेको थियो । बिहानै हेलिकोप्टरबाट काठमाडौं उद्धार गर्ने तयारी भएपनि पोखरायता मौसम खराब भएको कारण उडान ढिलो गरी भएको सिमकोट विमानस्थलले जनाएको छ । दुर्गममा स्वास्थ्य क्षेत्रमा सहयोगमा विगत साढे दुई वर्षदेखि गर्दै आएको निक साईमण्डको आर्थिक सहयोगमा चिकित्सक बिष्ट जिल्ला अस्पतालमा कार्यरत रहँदै आउनुभएको थियो । उहाँलेको उद्धारका लागि चार्टर गरिएको हेलिकप्टरको भाडा पनि उक्त संस्थाले व्यहोर्ने भएको छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार