• बुधबार, ४ कात्तिक २०८३
  • images

    बंगलादेशमा १६ हजार ४१९ जनाको कोरोनाको कारण मृत्यु, संक्रमित संख्या बढ्दै

    बंगलादेशमा १६ हजार ४१९ जनाको कोरोनाको कारण मृत्यु, संक्रमित संख्या बढ्दै

    हेल्दीखबर
    सोमबार, असार २८ २०७८
    हेल्दीखबर
    सोमबार, असार २८ २०७८
    बंगलादेशमा १६ हजार ४१९ जनाको कोरोनाको कारण मृत्यु, संक्रमित संख्या बढ्दै

    इस्लामावाद २८ असार । बङ्गलादेशमा कोभिड सङ्क्रमितको सङ्ख्यामा आइतबार पनि उल्लेख्य वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ।  स्वास्थ्य सेवा महानिर्देशनालयको तथ्याङ्क अनुसार बङ्गलादेशमा विगत २४ घण्टामा ११ ८७४ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने २३० जनाको मृत्यु भएको छ। 

    अहिलेसम्म बङ्गलादेशमा कूल १६ हजार ४१९ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ भने कूल सङ्क्रमितको सङ्ख्या एक लाख २१ हजार १८९ पुगेको छ।   सरकारी तथ्याङ्कमा पछिल्लो एक दिनमा बङ्गलादेशभर ४० हजारभन्दा बढीको कोभिड सङ्क्रमण परीक्षण गरिएको छ। आइतबार कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ हजार ३६२ रहेको छ भने बङ्गलादेशमा अहिलेसम्म कूल आठ लाख ७४ हजार ५०१ सङ्क्रमित निको भएका महानिर्देशनालयले जनाएको छ।

    images

    रासस 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार