• आइतबार, १४ भदौ २०८३
  • images

    फुटबलसँग सम्बन्धित दुई हजार स्कटिश सङ्क्रमित

    फुटबलसँग सम्बन्धित दुई हजार स्कटिश सङ्क्रमित

    हेल्दीखबर
    मंगलबार, असार १५ २०७८
    हेल्दीखबर
    मंगलबार, असार १५ २०७८
    फुटबलसँग सम्बन्धित दुई हजार स्कटिश सङ्क्रमित

    काठमाडौं, १६ असार  । स्कटल्याण्डमा दुई हजार सङ्क्रमित यूरो कप फुटबल २०२० हेरेकासँग सम्बन्धित रहेको पाइएको छ । जनस्वास्थ्य स्कटल्याण्डले एक हजार ९९१ जना सङ्क्रमित पुष्टि भएकोमा दुई तिहाई इंग्ल्याण्ड बिरुद्ध खेल हेर्न गएकासँग जोडिएको जनाएको छ । गत् जुन १८ मा इंग्ल्याण्ड बिरुद्धको यूरो कप खेल हेर्न सयौंको संख्यामा खेलप्रेमी लण्डन भ्रमण गरेका थिए । जसमध्ये ३९७ जना वेम्ब्ली रङशालामा उपस्थित थिए । ग्लासगौ र हयाम्पडेनमा भएको खेलसँग सम्बन्धित केहीमा सङ्क्रमणको पुष्टि भएको छ ।
    कोभिड १९ को प्रतिबन्धका कारण दुई हजार छ सय स्कटिशलाई मात्रै लण्डन भ्रमण गर्न पाएका थिए । टिकट नरहेको अवस्था लण्डन भ्रमण नगर्न सुझाबका बावजूद दशौं हजार स्कटिश लण्डन पुगेका थिए । अधिकांश प्रशंसक खेल अगाडि मध्य लण्डनस्थित लेष्टर स्क्वायरमा जमा भएका थिए । हाफटाइमपछि मात्रै प्रहरीले बलपूर्बक प्रशंसकलाई जमा हुन रोक लगाएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार