• आइतबार, १४ भदौ २०८३
  • images

    भर्खर विवाह गरेको श्रीमान एचआईभी संक्रमित परेपछि ……

    भर्खर विवाह गरेको श्रीमान एचआईभी संक्रमित परेपछि ……

    हेल्दीखबर
    शनिबार, माघ १७ २०७७
    हेल्दीखबर
    शनिबार, माघ १७ २०७७
    भर्खर विवाह गरेको श्रीमान एचआईभी संक्रमित परेपछि ……

    एजेन्सी । एक एचआईभी संक्रमित पुरुषले आफ्नो रोग लुकाएर प्रेमिकासंग गरेको  विवाह अदालतले खारेज गरिदिएको छ ।
    चीनको ली थर भएकी आफ्नो गर्भवती प्रेमिका गर्भवती भएपछि जियाङ नाम गरेका उनका प्रेमीले गत जुन महिनामा विहे गरेका थिए ।
    तर, उनले विहेपछि मात्रै आफू लामो समय देखि एचआईभी संक्रमण परी औषधोउपचार गरिरहेको बताएका थिए ।
    प्रेमिकाले भने रोग लुकाएर आफूलाई गम्भीर धोका दिएको भन्दै विहे रद्ध गर्न जिल्ला अदालतसमक्ष निवेदन दिएकी थिइन । निवेदन हेरेपछि संघाईको मिनहाङ जिल्ला अदालतले महिलाको पक्षमा निर्णय गर्दै विहे रद्ध गरिदिएको थियो ।
    डेलीमेलका अनुसार पतिको स्वास्थ्यको बारेमा जानकारी पाएकी पत्नीले तत्काल गर्भपतन गर्नका लागि अदालतमा रिट दायर गरेकी थिइन ।
    संक्रमित पति जियाङले सो बीचमा आफ्नी पत्नीसंग माफी माग्दै गर्भमा रहेको बच्चालाई जन्माउन आग्रह गरेका थिए ।
    उनले संक्रमित व्यक्तिबाट समेत संक्रमणरहित शिशु जन्मनसक्ने भन्दै गर्भपतन नगर्न आग्रह गरेका थिए । तर, उनकी पत्नीले मान्दै मानिनन् , बर्षौ अघि अघि देखिको प्रेम र त्यसपछिको विवाहित सम्वन्धलाई रद्ध गरिन ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार