१.यौनसम्पर्कपछि पुरुषको वीर्य महिलाको डिम्बाशयसँग मिलन हुने क्रममा दुई अलग अण्डाको फर्टिलाइजशन (निषेचित) हुँदा वा फर्टिलाइज भएको एउटा अण्डा दुई भागमा विभाजित भएमा पनि जुम्ल्याहा बच्चा जन्मिन सक्ने सम्भावना रहन्छ ।
२. जुम्ल्याहा सन्तानको सम्भावना प्रजनन उपचार गरेका, बढि उमेरका महिला र फेमिलि हिस्ट्रि (परिवारमा यसअघि जुम्ल्याहा शिशु जन्मिएका) भएका दम्पतिमा उच्च रहन्छ ।
३.प्रजननको निमित्त उपचार गराउने समयमा एकभन्दा बढि एब्रियो गर्भमा ट्रासफर गर्नाले पनि जुम्ल्याहा शिशुको सम्भावनालाई बढाउँछ ।
४. प्रजनन सम्बन्धिका औषधिले महिलाको अण्डाशयलाई उत्तेजित पार्ने काम गर्छ । यसैकारण महिलामा दुई अण्डाहरु निष्काशन हुनपुग्छ । र, यसरी निष्काशन भएका दुवै अण्डामा वीर्य फर्टिलाइज भएमा पनि जुम्ल्याहा शिशु जन्मिन्छन् ।
यसका जोखिमहरुः
जुम्ल्याहा शिशु जन्मको सबैभन्दा उच्च जोखिम भनेको स्टिलबर्थ (गर्भमा नै मृत्यु हुने प्रक्रिया) हो । सबै जुम्ल्याहा शिशु सामान्य रुपमा नै जन्मिन्छन्, भन्ने हुँदैन ।
अधिकांशमा गर्भमा रहेको शिशुमा स्टिलबर्थ ( गर्भमा नै मृत्यु हुने प्रक्रिया) हुने सम्भावना उच्च रहन्छ । तसर्थ, यस्तो अवस्थामा शल्यक्रियाद्धारा नै शिशु बाहिर निकालनुपर्ने हुन्छ । एक भन्दा बढि सन्तान भएका अधिकांश महिलाको प्रसुतिको विकल्प शल्यक्रिया नै हुनसक्छ । एजेन्सी