निःसन्तान दम्पत्तीका लागि विश्व स्तरीय सेवा नेपालमै दिएको दाबी
काठमाडौँ, १९ पुस । काठमाडौँ पानीपोखरीस्थित इन्दिरा आइभिएफ नेपालले दोस्रो वार्षिकोत्सव मनाएको छ ।
शनिबार आयोजित कार्यक्रममा इन्दिरा आइभिएफले दोस्रो वार्षिकोत्सव मनाएको हो ।
दोस्रो वार्षिकोत्सव कार्यक्रममा इन्दिरा आइभिएफबाट सन्तान प्राप्त भएका दम्पतीसहित बालबालिकाहरुको समेत उपस्थिति रहेको थियो ।
वार्षिकोत्सव कार्यक्रममा इन्दिरा आइभिएफका संस्थापक डा अजय मुर्दियाको समेत उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मुर्दियाले नेपालबाट सन्तान सुखका लागि भारत जान नपरोस् भन्ने उद्दस्यले नेपालमा आइभिएफ सेन्टर विस्तार गरिएको जानकारी दिनुभयो ।

उहाँले भारत विभिन्न स्थानमा तथा नेपालमा गरी कुल १७० वटा भन्दा बढी आइभीएफ तथा फर्टिलिटी सेन्टर रहेको जानकारी गराउनुभयो ।
उहाँले हालसम्म ती आइभिएफ केन्द्बाट हालसम्म एक लाख ६० हजार बढी दम्पतीले सन्तान प्राप्त गरेको सुनाउनुभयो ।
उहाँले नेपालमा खुलेको आइभिएफ केन्द्रले उत्कृष्ट सेवा दिइरहेको जानकारी दिदै निःसन्तान दम्पत्तीका लागि आइभिएफ केन्द्र बरदान सावित भएको बताउनुभयो ।

कार्यक्रममा निजामति अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले इन्दिरा आइभिएफले निःसन्तान दम्पतीका लागि सन्तान प्राप्ति गर्ने अवसर दिएको बताउनुभयो । उहाँले इन्दिरा आइभिएफको सफलतादर धेरै भएको उल्लेख गर्दै अझै प्रगतिको शुभकामना दिनुभयो ।

इन्दिरा आइभिएफमा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. नेहा होमगाईले इन्दिरा आइभिएफ केन्द्रमा ८० प्रतिशतसम्म सफलता मिलेको जानकारी दिनुभयो । उहाँले इन्दिरा आइभिएफले विश्व स्तरीय सेवा दिइरहेको जानकारी गराउनुभयो ।
केन्द्रमा गरिएको गर्भाधानबाट धेरै दम्पत्तिले सन्तान प्राप्त गरिसकेको भन्दै उहाँले नेपालमा मात्र नभई विदेशबाट पनि आइभिएफका लागि मानिसहरु आउनेगरेको बताउनुभयो ।
कार्यक्रममा डा.ज्योति श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । उहाँले निःसन्तान दम्पतीहरु केबल फाइल बोकर मात्र होइन सन्तानको सपना बोकेर आउने गरेको बताउनुभयो । उहाँले प्रत्येक पाइलामा संगै हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वार्षिकोत्सव कार्यक्रममा आइभिएफका प्रबन्ध निर्देशक उमेश अग्रवालले इन्दिरा आइभिएफले सन्तानका लागि विदेश जानुपर्ने बाध्यता हटेको बताउनुभयो ।
इन्दिरा आइभिएफको दोस्रो वार्षिकोत्सवको अवसरमा केक काटेर वार्षिकोत्सव मनाइयो ।
कार्यक्रममा डा मनिषा आचार्य, डा ज्योती श्रेष्ठडा. पंकज दिवस, डा सुलोचना पराजुली, डा निराजन मैनाली, डा सन्तोष ठाकुर लगायतको उपस्थिति रहेको थियो ।