• आइतबार, १४ भदौ २०८३
  • images

    उपचार कक्षमै चिकित्सक र बिरामीबीच कुटपिट, भिडियो भाइरल

    उपचार कक्षमै चिकित्सक र बिरामीबीच कुटपिट, भिडियो भाइरल

    मंगलबार, पुस ८ २०८२
    मंगलबार, पुस ८ २०८२
    उपचार कक्षमै चिकित्सक र बिरामीबीच कुटपिट, भिडियो भाइरल

    काठमाडौ, ८ पुस । इन्दिरा गान्धी मेडिकल कलेज (आईजीएमसी), शिमलामा चिकित्सक र र बिरामीबीच भएको झगडा (कुटपिट)को भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । 
    उक्त भिडियो सञ्जालमा तीव्र रूपमा फैलिँदै गएपछि घटनाले देशभर ध्यान आकर्षित गरेको छ।

    करिब १५ सेकेन्ड लामो यो भिडियो सार्वजनिक भएपछि अस्पतालजस्तो संवेदनशील स्थानमा भएको यस्तो व्यवहारप्रति सर्वसाधारणले गहिरो चिन्ता र आक्रोश व्यक्त गरेका छन्।

    जानकारीअनुसार, विवाद चिकित्सकले बिरामीलाई अनौपचारिक रूपमा ‘तु’ भनेर सम्बोधन गरेपछि सुरु भएको बताइएको छ। बिरामी अर्जुन पवारले उक्त शब्दलाई अपमानजनक ठानी आपत्ति जनाएका थिए।

    भारतीय सञ्चारमाध्यामका अनुसार दुवैबीच भनाभन बढ्दै गएर स्थिति नियन्त्रण बाहिर पुगेको र झगडा शारीरिक रूपमै परिणत भएको भिडियोमा देख्न सकिन्छ। भिडियोमा डाक्टरले अस्पतालको बेडमा रहेका बिरामीमाथि हातपात गरेको र त्यसपछि बिरामीले पनि प्रतिकार गरेको दृश्य कैद भएको छ।

    यस घटनाले चिकित्सक–बिरामी सम्बन्ध, आपसी सम्मान र अस्पतालमा अपनाउनुपर्ने आचारसंहिताबारे गम्भीर प्रश्न उठाएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार