दोलखा । दोलखास्थित तामाकोशी गाउँपालिकाले सञ्चालन गरेको कोभिड–१९ अस्थायी अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारी माथि कुटपिट भएको छ। तामाकोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुण कुमार मिश्रले मेडिकल अफिसर डा रोविश कार्की र कार्यालय सहयोगी टोप बहादुर मिजारमाथि मदिरा सेवन गरी अस्पतालमा पुगेका केही व्यक्तिहरुले कुटपिट गरेको जानकारी दिनुभयो ।
उहाँले चिकित्सकमाथि कुटपिट गर्ने ३ जनालाई जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरिसकेको जानकारी पनि दिनुभयो । जिल्ला प्रहरी कार्यालय दोलखाले कुटपिटमा परेका चिकित्सकलाई घटनाको विषयमा जानकारी लिन प्रहरी कार्यालयमा बोलाइएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।