• आइतबार, १४ भदौ २०८३
  • images

    दाउरा लिन गएकी गर्भवती महिलामाथि कुटपिट

    दाउरा लिन गएकी गर्भवती महिलामाथि कुटपिट

    हेल्दीखबर
    मंगलबार, फागुन २४ २०७८
    हेल्दीखबर
    मंगलबार, फागुन २४ २०७८
    दाउरा लिन गएकी गर्भवती महिलामाथि कुटपिट

    काठमाडौं। दाउरा लिन गएकी गर्भवती महिलामाथि कुटपिट भएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षण कार्यालयका कर्मचारीले छ महिनाकी  गर्भवती महिलालाई कुटपिट गरेका हुन् ।  कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका संरक्षण अधिकृत रामचन्द्र खतिवडाले कुटपिट गर्ने आरक्षणका कर्मचारीलाई कारवाही गर्ने  बताउनुभयो । कञ्चनरुप नगरपालिका ५ स्थित पथरी पोष्टमा आयोजित सर्वपक्षीय भेलामा संरक्षण अधिकृतले खतिवडाले महिलामाथि कुटपिट गर्ने कर्मचारीलाई लिखित स्पष्टीकरण लिने र कारवाही गर्ने बताउनुभयो । सो क्षेत्रभित्र दाउरा लिन गएकी पुकार सरदारका पत्नी सरस्वतीदेवी सरदारको पथरी पोष्ट गेम स्काउटका सञ्जय चौधरीले कुटपिट गरी घाइते बनाएका थिए । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार