डाक्टरको अल्का अस्पतालमा उपचार हुँदै
काठमाडौं । आरोग्य स्वास्थ्य प्रतिष्ठानमा कार्यरत चिकित्सक कुल बहादुर घिसिङ्गलाई ट्राफिक प्रहरीले मरणाशन्य हुने गरि कुटपिट गरेको छ। आइतबार राती ८:३० बजे आरोग्यमा ड्युटी सकेर घर जाने क्रममा ललितपुर स्थित कुसुन्तिमा ड्युटी गरिरहेका प्रहरीले उहाँलाई कुटपिट गरेका हुन् । अहिले उहाँको उपचार अल्का अस्पताल जाउलाखेलमा भइरहेको छ। मापसे चेकिङमा बसेका प्रहरीले डाक्टर घिसिङ्गलाई ओ भाइ कहाँ हिडेको भनेर सोधेका थिए। म मान्छे हिड्ने बाटो हिडिरहेको छु भन्ने बित्तिकै उहाँलाइ रक्ताम्य हुने गरि कुटपिट गरेका हुन् । डाक्टरलाई कुटपिट गर्ने प्रहरी जबान राजेन्द्र थापा हुन् । म अस्पतालमा काम गरेर आएको भनेर परिचयपत्र देखाउदा पनि कुटपिट गरेको उहाँले बताउनुभयो । डाक्टर घिसिङले नेपाल चिकित्सक संघमा पनि कुटपिट गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै उजुरी दिनुभएको छ।


