• आइतबार, १४ भदौ २०८३
  • images

    अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन सम्पन्न

    अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन सम्पन्न

    आइतबार, मंसिर ७ २०८२
    आइतबार, मंसिर ७ २०८२
    अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन सम्पन्न

    काठमाडौँ, ७ मंसिर । नेपाल फिजियोथेरापी संघ (नेप्टा) द्वारा आयोजित १२औं अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन २०२५ सम्पन्न भएको छ ।

    नोभेम्बर २१ र २२ तारिख (मङ्सिर ५ र ६ गते) सम्म काठमाडौंमा दुई दिनसम्म आयोजित उक्त सम्मेलन नेपालमा आयोजित सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फिजियोथेरापी कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

    सम्मेलनमा ४५० भन्दा बढी फिजियोथेरापिस्ट,  व्यवसायी, चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता थियो ।

    संघका अध्यक्ष समिद कतिला श्रेष्ठले सम्मेलनको मुख्य उद्देश्य नसर्ने रोगको रोकथाम, नियन्त्रण, जनचेतना र पुनःस्थापनामा विभिन्न स्वास्थ्यसम्बन्धी सरोकार भएकाहरूबीच समन्वय र सहकार्य गर्नु रहेको बताउनुभयो ।

    उहाँले सम्मेलनमा स्ट्रोक तथा न्यूरोलोजिकल समस्या, कम्मर दुखाइ र अर्थोपेडिक समस्या, मुटुसम्बन्धी रोगहरू, क्यान्सर रोगीको पुनःस्थापनालगायत नसर्ने रोगहरूसम्बन्धी कार्यशाला, समूहगत छलफल र वैज्ञानिक प्रस्तुतीकरण गरिएको जानकारी गराउनुभयो ।

    सम्मेलनमा नेपालका प्रतिनिधिहरूसँगै विभिन्न सात देशबाट अन्तर्राष्ट्रिय सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार