• आइतबार, १४ भदौ २०८३
  • images

    फिजियोथेरापी रिह्याबिलिटेसन सेण्टर एसोसिएसनको अध्यक्षमा लम्साल निर्वाचित

    फिजियोथेरापी रिह्याबिलिटेसन सेण्टर एसोसिएसनको अध्यक्षमा लम्साल निर्वाचित

    उपाध्यक्ष,महासचिव र कोषाध्यक्षमा खनाल,श्रेष्ठ र जोशी निर्वाचित

    हेल्दीखबर
    शनिबार, फागुन ७ २०७८
    हेल्दीखबर
    शनिबार, फागुन ७ २०७८
    फिजियोथेरापी रिह्याबिलिटेसन सेण्टर एसोसिएसनको अध्यक्षमा लम्साल निर्वाचित

    काठमाडौ । ‘फिजियोथेरापी रिह्याबिलिटेसन सेण्टर एसोसिएसन नेपाल’को साधरणसभाबाट अध्यक्षमा हरीकुमार लम्साल निर्वाचित हुनुभएको छ ।

    उहाँ साहारा फिजियोथेरापी अस्पताल काठमाडौंमा कार्यरत हुनुहुन्छ । यस्तै उपाध्यक्षमा जगदीश खनाल (नवजीवन फिजियोथेरापी रिहाविलिटेशन सेण्टरवुटवल),महासचिवमा समीद कातिला श्रेष्ठ (अर्थोप्लाष्ट रिविलिटेशन सेण्टर, ललितपुर),सचिव राजेश महत  (रिभाईव फिजियोथेरापी रिहाविलिटेशन सेण्टर, काठमाडौं),कोषाध्यक्षमा दीक्षा जोशी (अर्पण फिजियो केयर एण्ड रिहाविलिटेशन सेण्टर, ललितपुर निर्वाचित हुनुभयो । 
     यसैगरी सदस्यहरुमा विवेक पौडेल (चितवन फिजियोथेरापी रिहाविलिटेशन सेण्टर,चवन),अशोक रिमाल (न्युरोप्लाष्ट फिजियोथेरापी रिहाविलिटेशन सेण्टर, धनगढी),कविन सापकोटा (सक्षम फिजियोथेरापी रिहाविलिटेशन सेण्टर, झापा) र अंगीरा थापा (सर्व फिजियोथेरापी एण्ड वेलनेस सेण्टर, विराटनगर) हुनुहुन्छ । 

    ‘फिजियोथेरापी रिह्याबिलिटेसन सेण्टर एसोसिएसन नेपाल’का महासचिव समिद कतिला श्रेष्ठले साधारणसभापछि भएको बैठकले स्वास्थ्य सेवाका अन्य विधा जस्तै यस विधालाई पनि मान्यता प्रदान गरी जनताको स्वास्थ्यप्रतिको हक सुरक्षित गर्न आवश्यक पहलका लागि नेपाल सरकार तथा अन्य सम्वन्धित निकाय समक्ष अनुरोध गर्न काम गर्ने निर्णय गरेको बतायनसभयो । यस्तै जनस्तरमा जानकारीमूलक कार्यक्रमहरु संचालन गर्ने, पुनःस्र्थापनाका अन्य संघसस्थाहरुसंग हाते मालो गर्र्दै  सामुहिक हक हितको निमित्त काम गर्ने निर्णय गरेको छ । 
    नेपाल सरकारले साधारण अस्पताल वा विशेषज्ञ अस्पताल, पोलीक्लिनिकहरु स्थापना गर्ने मापदण्ड वनाएर लागू गरेको  तर स्वास्थ्य सेवाको यति महत्वपूर्ण विधा संचालनका लागि फिजियोथेरापी तथा पुनस्र्थापना केन्द्र संचालन गर्ने मापदण्ड हालसम्म नवनाएकोमा उचित मापदण्ड बनाउनका लागि पहल गर्ने निर्णय भएको छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार