• आइतबार, १४ भदौ २०८३
  • images

    गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा रवि मल्ल नियुक्त

    गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा रवि मल्ल नियुक्त

    हेल्दीखबर
    बुधबार, माघ ३ २०८०
    हेल्दीखबर
    बुधबार, माघ ३ २०८०
    गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा रवि मल्ल नियुक्त

    काठमाडौं, ३ माघ । गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा रवि मल्ल नियुक्त भएका छन्। मन्त्रिपरिषदको बैठकले डा मल्ललाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

    स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मल्ललाई नियुक्त गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

    डा मल्ल अस्पतालमै कार्यरत मुटु रोग विशेषज्ञ हुन्। 


    डा मल्ललाई यसअघि स्वास्थ्यमन्त्री मोहन बस्नेतले निमित्त निर्देशकमा नियुक्त गरेका थिए।

    गत पुस ६ गते कार्यकारी निर्देशकमा डा चन्द्रमणि अधिकारीको कार्यकाल सकिएको थियो। डा अधिकारीको कार्यकाल सकिएपछि नयाँ कार्यकारी निर्देशकका लागि स्वास्थ्य मन्त्रालयले विभिन्न नामहरुमा छलफल गरेको थियो।  छलफलपछि डा मल्ललाई निमित्तको जिम्मेवारी दिइएको थियो।

    यसैगरी नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपाने नियुक्त भएका छन्।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार