• आइतबार, १४ भदौ २०८३
  • images

    हिमालयन बैंकद्धारा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई छ लाख ९२ हजार बराबरको आर्थिक सहयोग 

    हिमालयन बैंकद्धारा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई छ लाख ९२ हजार बराबरको आर्थिक सहयोग 

    शुक्रबार, भदौ ११ २०७८
    शुक्रबार, भदौ ११ २०७८
    हिमालयन बैंकद्धारा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई छ लाख ९२ हजार बराबरको आर्थिक सहयोग 

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई छ लाख ९२ हजार रुपैयाँ बराबरकोछ लाख ९२ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत केन्द्रलाई सहयोग गरेको हो। उक्त अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुका लागि वार्डहरु मर्मतसम्भार गरी उचित सेवा प्रदान गर्न छ लाख ९२ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको बैंकले जनाएको छ। 
    अस्पतालमा रहेका जीर्ण वार्डका कारण सेवाग्राही तथा चिकित्सकहरुका लागि समेत समस्या परेकोले मर्मतसंभार गरी हस्तान्तरण गरेको बैंकले जनाएको छ।बैंकका तर्फबाट महाप्रबन्धक सुशील जोशी र माहाराजगञ्ज शाखाका प्रबन्धक अभयबहादुर शाहले अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि आधिकारीलाई मर्मत गरिएको वार्ड हस्तान्तरण गरेका थिए।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार