• आइतबार, १४ भदौ २०८३
  • images

    नक्कली रिपोर्ट बनाउने स्वास्थ्यकर्मीविरुद्ध मुद्धा दायर

    नक्कली रिपोर्ट बनाउने स्वास्थ्यकर्मीविरुद्ध मुद्धा दायर

    हेल्दीखबर
    सोमबार, फागुन ९ २०७८
    हेल्दीखबर
    सोमबार, फागुन ९ २०७८
    नक्कली रिपोर्ट बनाउने स्वास्थ्यकर्मीविरुद्ध मुद्धा दायर


    काठमाडौं । कोरोना  परीक्षण गरेको नक्कली रिपोर्ट बनाएको आरोपमा स्वास्थ्यकर्मीमाथि विशेष अदालतमा मुद्धा दायर भएको छ । 
    बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध  विशेष अदालतमा मुद्दा दायर भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको आयोगद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । 
    शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका ल्याब इञ्चार्ज  यादवले चलाउने कम्प्युटरको फरेन्सिक परीक्षण गर्दा कोरोना परीक्षणको सबै रिपोर्ट नक्कली पाइएको हो । यस्तै यादवले अस्पतालको अस्पतालको छाप समेत आफूखुशी बनाई दुरुपयोग गरेको पाइएको छ । 
    यादवले अस्पतालमा भर्ना भएका बिरामीको स्वाब संकलन गरी अनाधिकृत रुपमा शुल्क उठाई स्वाबको परीक्षण नै नगरी गलत रिपोर्ट दिएको,  रिपोर्ट पोजेटिभ आएमा थप रकम लिई रिपोर्ट नेगेटिभ बनाइदिएको अख्तियारको दाबी छ । 
    स्वाबको परीक्षण नै नगरी रकम लिई गलत पीसीआर प्रतिवेदन आफुखुशी तयार पारी उपलब्ध गराएको आरोप उहाँमाथि लागेको छ । 
     इादव विरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा १९ को उपदफा २ बमोजिम बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । 
     

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार