• आइतबार, १४ भदौ २०८३
  • images

    पाँचबुँदे माग राख्दै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कर्मचारीहरु आन्दोलनमा, अस्पताल प्रशासनलाई १४ वैशाखसम्मको अल्टिमेटम

    पाँचबुँदे माग राख्दै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कर्मचारीहरु आन्दोलनमा, अस्पताल प्रशासनलाई १४ वैशाखसम्मको अल्टिमेटम

    हेल्दीखबर
    मंगलबार, वैशाख ६ २०७९
    हेल्दीखबर
    मंगलबार, वैशाख ६ २०७९
    पाँचबुँदे माग राख्दै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कर्मचारीहरु आन्दोलनमा, अस्पताल प्रशासनलाई १४ वैशाखसम्मको अल्टिमेटम

    काठमाडौ । कर्मचारीहरुको वृत्ति विकास र बढुवा हुन नसकेको भन्दै शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कर्मचारीहरु आन्दोलित भएका छन्। 
    शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र कर्मचारी संघका अध्यक्ष आत्माराम तिमल्सिनाले अनुसार कर्मचारीहरुको सेवा शर्त र सुविधा सम्बन्धी नियमावली २०५८ को छैठौँ संशोधन प्रक्रिया नटुङ्गिदा केन्द्रमा कार्यरत सबै कर्मचारीहरुको वृत्ति विकास र बढुवामा असर परेकोले आन्दोलन गर्नुपरेको बताउनुभयो । 

    विरोध स्वरुप उनीहरुले हातमा कालो पट्टी बाँध्ने कार्यक्रमसहित पाँच बुँदे आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। आफ्ना माग पुरा गर्नका लागि संघले अस्पताल व्यवस्थापन पक्षलाई १४ गतेसम्मको अल्टिमेटम दिएको छ। 

    अस्पतालमा कार्यरत चिकित्सक, नर्सिङ, प्राविधिक तथा अप्राविधिक कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर काम गरेका छन्।
    वैशाख ९ गतेसम्म पनि संशोधनको प्रक्रिया नसके सबै कर्मचारीहरुले कालो पट्टीसहित व्यवस्थापनको कार्यालयमा दैनिक दुई घण्टा धर्ना दिने, ११ गतेसम्म संशोधन नभए धर्नासहित पेन डाउन गर्ने, १४ गतेसम्म पनि नभए व्यवस्थापनको कार्यालयमा धर्नासहित तालाबन्दी गर्ने कार्यक्रम छ।  
    यसअघि उनीहरुले चैत १ गते पनि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेकोमा  व्यवस्थापन पक्षले १५ दिनभित्र माग पुरा गर्न प्रतिवद्ध रहेको बताएपछि उनीहरुले आन्दोलन स्थगित गरेका थिए। तोकिएको समयभित्र माग पुरा नभएपछि आफूहरु पुनः आन्दोलनमा उत्रन बाध्य भएको संघका अध्यक्ष तिमल्सिनाको भनाई छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार