• बुधबार, ४ कात्तिक २०८३
  • images

    बुधबार १२ जनाको मृत्यु, तीनहजार ६३७ संक्रमित

    बुधबार १२ जनाको मृत्यु, तीनहजार ६३७ संक्रमित

    हेल्दीखबर
    बुधबार, माघ १९ २०७८
    हेल्दीखबर
    बुधबार, माघ १९ २०७८
    बुधबार १२ जनाको मृत्यु, तीनहजार ६३७ संक्रमित


    काठमाडौं । गत २४ घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७६४ पुगेको छ । स्वास्थय तथा जनसंख्या मन्त्रलयकी प्रवक्ताडा. संगीता मिश्राले बुधबार देशभरमा पीसीआर र एन्टीजेन गरी ११ हजार ५८२ वटा नमुना परीक्षण गर्दा तीन हजार ६३७ जना सङ्क्रमित हुन पुगेको जानकारी दिनुभएको हो । 
    यस्तै सङ्क्रमित भन्दा निको दोब्बर बढेका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राले गत २४ घण्टामा नेपालमा डा. मिश्राले थप सात  हजार ५५५ जना निको भएको जानकारी दिनुभयो । बुधबार सङ्क्रमित हुनेको संख्या तीन हजार ६३७ रहेको छ ।  यो सहित नेपालमा कोरोना सङ्क्रमितको संख्या पिसीआरबाट नौ लाख ५९ हजार ७७५ पुगेको छ भने एन्टिजेनबाट एक लाख ३२ हजार ११३ पुगेको छ । 
    यस्तै निको हुनेको संख्या आठ लाख ७८हजार ७२० पुगेको छ । अघिल्ला दिनको तुलनामा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्न थालेको छ । 
    हाल देशभर सक्रिय संक्रमितको संख्या ६९ हजार २९१ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार