• आइतबार, १४ भदौ २०८३
  • images

    संघीय तथा प्रादेशिक ४२ अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तर

    संघीय तथा प्रादेशिक ४२ अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तर

    शुक्रबार, असार २८ २०८१
    शुक्रबार, असार २८ २०८१
    संघीय तथा प्रादेशिक ४२ अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तर

    काठमाडौँ, २८ असार  । स्वास्थ्य तथा जनसङ्ख्य मन्त्रालयले सङ्घीय तथा प्रादेशिक अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तर गरेको छ । 

    स्वास्थ्य सेवा विभागले आयोजना गरेको ‘सङ्घीय तथा प्रादेशिक अस्पताललाई स्वास्थ्यजन्य उपकरण हन्तान्तरण’ कार्यक्रममा स्वास्थ्य सचिवद्वय डा.रोशन पोखरेल र हरिप्रसाद मैनालीले ती अस्पतालका निर्देशकलाई स्वास्थ्य उपकरण हस्तान्तरण गरे । 

    कार्यक्रममा स्वास्थ्य सचिव डा.पोखरेलले अस्पतालको मागअनुसार स्वास्थ्य उपकरण प्रदान गरिएको बताए । उनले अस्पतालले नागरिकमैत्री सेवा प्रवाह गर्दै उपकरणको सहीतरिकाले प्रयोग गर्नुपर्ने बताए  । उनले  स्वास्थ्य सामग्री खरिद प्रक्रिया जटिल रहेकाले प्राप्त उपकरणको संरक्षण पनि अस्पतालले गर्नुपर्नेमा जोड दिए  । मन्त्राललयका सचिव मैनालीले स्वास्थ्य उपकरणलाई पारदर्शी किसिमले नागरिकलाई सेवा दिन सञ्चालन गर्नुपर्ने बताए । 

    उनले  अस्पतालले उपकरण सञ्चालन गरेका छन् कि छैनन भनेर समयसमयमा अनुगमन समेत गरिने बताए  ।
     स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.सङ्गिता कौशल मिश्राले माग र औचित्यको आधारमा उपकरण सञ्चालन गर्ने सक्ने जनशक्ति भएका अस्पताललाई मात्र उपकरण दिइएको जानकारी दिइन । “अस्पतालले उपकरण प्रयोग र मर्मत गर्न सक्ने अवस्था हेरेर उपलब्ध गराएका छौँ”, उनले भनिन् , “अस्पतालले उपकरण सञ्चालन गरेका छन कि छैनन भनेर अनुगमन गर्नेछौँ ।” 

    महानिर्देशक डा.मिश्राले एक वर्षसम्म कुनै पनि अस्पतालले उपकरण सञ्चालन नगरे ती उपकरण अन्य अस्पताललाई दिइने बताइन।
     विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा.श्रवणकुमार थापाले सङ्घ, प्रदेशका ४२ अस्पताललाई स्वास्थ्य उपकरण वितरण गरिएको जानकारी दिए । काठमाडौँका वीर, त्रिवि शिक्षण, कान्ति बाल, निजामति कर्मचारी र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका साथै भेरी प्रादेशिक अस्पताल, भरतपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । 

    थापाका अनुसार अल्ट्रासाउण्ड, हेमोटा, एक्सरे, इको, इसिजी, इन्डिोस्कोपी, मेमोग्राफी मेसिन, हेमाटोलोजी एनालाइजर, अटोमेटिक युरिन एनालाइजरलगायत स्वास्थ्य सामग्री वितरण गरिएको हो । अस्पताललाई उपलब्ध गराइएको उपकरण आपूर्तिकर्ताले मर्मत गर्ने समझदारी भएको बताए।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार