काठमाडौं । सर्वोच्च अदालतले मानव अंग प्रत्यारोपण ऐनको फराकिलो व्याख्या हुनुपर्ने भन्दै काका–ससुराबाट पनि मिर्गौला दान लिन सक्ने बताएको छ । फैसलाको पुर्णपाठ तयार नभएकाले सक्षिप्त आदेश गर्दै सर्वाेच्चले यस्तो व्याख्या गरेको हो।
मिर्गौला प्रत्यारोपण गर्नुपर्ने झापाकी एक बिरामीलाई भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले काका ससुरा नजिकको नातेदारमा नपर्ने भन्दै उनको मिर्गौला प्रत्यारोपण गर्न इन्कार गरेको थियो। अस्पतालले ऐनमा नजिकको नातेदारको परिभाषामा काका ससुरा उल्लेख नभएको भन्दै उनको मिर्गौला दान लिन नमिल्ने जिकिर गरेको थियो। सर्वाेच्चले काका ससुरालाई पनि समावेश गराउन सकिने फैसला गर्दै यो बाटो खोलेको हो।