• आइतबार, १४ भदौ २०८३
  • images

    एमडी \ एमएस भर्ना प्रक्रियामा सर्वोच्चको फैसला विद्यार्थीको पक्षमा 

    एमडी \ एमएस भर्ना प्रक्रियामा सर्वोच्चको फैसला विद्यार्थीको पक्षमा 

     अपग्रेड सिस्टम लागू गर्न आदेश

    हेल्दीखबर
    आइतबार, पुस १७ २०७९
    हेल्दीखबर
    आइतबार, पुस १७ २०७९
    एमडी \ एमएस भर्ना प्रक्रियामा सर्वोच्चको फैसला विद्यार्थीको पक्षमा 



    काठमाडौँ, १७ पुस । सर्वोच्च अदालतले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहको म्याचिङमा अपग्रेड सिस्टम नै कार्यान्वयन गर्न आदेश दिएको छ।

    न्यायाधिस इश्वरप्रसाद खतिवडाको एकल इजलासले  चिकित्सा शिक्षा आयोगले एमडी तथा एमएसमा विद्यार्थी भर्ना गर्दा प्राथमिकता निर्धारण तथा म्याचिङ प्रणाली सम्बन्धी कार्यविधि  भर्ना लिने समयमा संसोधन गरिएकोले सोको कार्यान्यन तत्काल नगर्न आदेश दिएको हो। साथै सर्वोच्चले विपक्षीका नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ।

    सो कार्यविधि बदनियतपूर्ण भएको भन्दै  विद्यार्थीहरुले गत १४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। आयोगले एमडी तथा एमएसमा विद्यार्थी भर्ना गर्दा प्राथमिकता निर्धारण तथा म्याचिङ प्रणाली सम्बन्धी कार्यविधि  भर्ना लिने समयमा संसोधन गरिएकोले सो संसोधनमा बदनियत देखिएको भन्दै विद्यार्थीहरुले रिट दायर गरेका थिए।

    उनीहरुले चिकित्सा शिक्षा आयोगले  संसोधन गरेको म्याचिङ प्रणाली सम्बन्धी कार्यविधिलाई कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट हालेका हुन्।

    रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, चिकित्सा शिक्षा आयोग र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाइएको थियो।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार