• आइतबार, १४ भदौ २०८३
  • images

    तेस्रो लहरको जोखिमलाई ध्यानमा राखी आइसीयू र अक्सिजन तयारी अवस्थामा राख्न सर्वोच्चको परमादेश

    तेस्रो लहरको जोखिमलाई ध्यानमा राखी आइसीयू र अक्सिजन तयारी अवस्थामा राख्न सर्वोच्चको परमादेश

    मंगलबार, साउन २६ २०७८
    मंगलबार, साउन २६ २०७८
    तेस्रो लहरको जोखिमलाई ध्यानमा राखी आइसीयू र अक्सिजन तयारी अवस्थामा राख्न सर्वोच्चको परमादेश


    काठमाडौं । सर्वोच्च अदालतले कोरोना महामारीको तेस्रो चरणलाई ध्यानमा राखी हरेक अस्पतालमा तत्काल पर्याप्त मात्रामा आईसीयू बेड, भेन्टिलेटर, अक्सिजनलगायत जीवन रक्षाका लागि निरन्तर चाहिने सामग्रीको पर्याप्त व्यवस्था गर्न आग्रह गरेको छ । यस्ता सामग्री अस्पतालमा २४सै घण्टा र ३६५ दिन नै सञ्चालनमा राख्नु भनी सर्वोच्चले सरकारको नाममा परमादेशको आदेश जारी गरेको हो। न्यायाधीश दीपककुमार कार्की र सपना प्रधान मल्लको इजलासले यस्तो परमादेश जारी गरेको हो। नेपालका कोरोनाको दोस्रो लहर समाप्त भई तेस्रो लहर सुरु हुन लागेको समयमा सर्वोच्च अदालतको यस्तो फैसला आएको हो।
    अधिवक्ताहरू शैलेन्द्रप्रसाद अम्बेडकर र मोहना अन्सारीले दायर गरेको रिटमा फैसला गर्दै सर्वोच्चले सरकारलाई कोरोनाको तेस्रो लहरको तयारी गर्न भनेको हो। २०७८ जेठ ११ गते भएको फैसलाको पर्णपाठमा सरकार र स्वास्थ्य मन्त्रालयलगायतलाई तयारीका लागि अन्य आदेशसमेत जारी गरेको छ।  सामान्य अवस्थामा पनि नागरिकलाई रोग लागेपछि उपचारको यथोचित प्रबन्ध मिलाउनु राज्यको महत्त्वपूर्ण कर्तव्य र दायित्व हुने फैसलाको पूर्णपाठमा उल्लेख छ। 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार