• सोमबार, १५ भदौ २०८३
  • images

    कोभ्याक्सिनको तेस्रो चरणको ट्रायल पुरा, ७७.८ प्रतिशत प्रभावकारी

    कोभ्याक्सिनको तेस्रो चरणको ट्रायल पुरा, ७७.८ प्रतिशत प्रभावकारी

    हेल्दीखबर
    शनिबार, असार १९ २०७८
    हेल्दीखबर
    शनिबार, असार १९ २०७८
    कोभ्याक्सिनको तेस्रो चरणको ट्रायल पुरा, ७७.८ प्रतिशत प्रभावकारी

    भारतीय खोप निर्माता कम्पनी भारत बायोटेकले कोभ्याक्सिनको तेस्रो तथा अन्तिम चरणको ट्रायल पुरा गरेको छ । कम्पनीले तेस्रो चरणको नतिजा समेत आधिकारिक रुपमा सार्वजनिक गरेको छ ।
    उसले भनेको छ, ‘कोभ्याक्सिन कोरोनाका गम्भीर बिरामी तथा डेल्टा भेरियन्टका संक्रमितहरुमा निकै प्रभावकारी पाइएको छ ।’
    कम्पनीका अनुसार तेस्रो चरणको ट्रायलमा यो खोप कोरोनाबिरुद्ध ७७.८ प्रतिशत प्रभावकारी भएको पाइएको छ । यस्तै विश्वभर फैलिएको डेल्टा भेरियन्ट विरुद्ध ६५.२ प्रतिशत र गम्भीर संक्रमणबाट जोगाउनका लागि ९३.४ प्रतिशत प्रभावकारी भएको पाइएको छ ।
    कम्पनीले कोभ्याक्सिनको तेस्रो चरणको ट्रायलले ओभरअल एफिकेसी ७७.८ रहेको देखाएको छ । जवकी गंभीर संक्रमणमा यसको एफीकेसी ९३.४ प्रतिशत पाएको बताइएको छ ।
    ६० बर्ष माथिका लागि ६७.८ प्रतिशत र ६० बर्ष मुनिकालागि ७९.४ प्रतिशत प्रभावकारी भएको बताइएको छ ।
    एजेन्सी 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार