काठमाडौँ, १५ भदौ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलका दुई सदस्य पदमा नियुक्तिका लागि ४१ जना उम्मेदवारको नाम अन्तर्वार्ताका लागि छनोट गरेको छ।
मन्त्रालयले सार्वजनिक निकायका पदाधिकारीको नियुक्तिका लागि रिक्त पदाधिकारीको पदपूर्तिका लागि गत भदौ ४ गते प्रकाशित सूचनाअनुसार प्राप्त आवेदनमध्ये योग्यता पुगेका उम्मेदवारलाई वर्णानुक्रम अनुसार छनोट गरी अन्तर्वार्ताका लागि बोलाएको हो।
मन्त्रालयले नेपाल मेडिकल काउन्सिल ऐनअन्तर्गत दफा ४ को खण्ड (ज) र दफा ४ को खण्ड (झ) बमोजिमका सदस्य पदका लागि छुट्टाछुट्टै अन्तर्वार्ता सञ्चालन हुने मन्त्रालयले जनाएको छ।
खण्ड (ज) अन्तर्गतका सदस्य पदका लागि २६ जना उम्मेदवार छनोट भएका छन्। छनोट सूचीमा अमित झा, अरुण उप्रेती, अरुणकुमार सिंह, ईश्वरी खनाल, उत्तमकुमार गौतम, कृष्णकुमार राउत, गोपालकुमार चौधरी, टंकप्रसाद बाँस्तोला, दुलालबहादुर थामी, तनवीर अहमद मियाँ, दीपक कँडेल, दीपक मुनान, धर्मेन्द्र नाथ जोशी, निरजकुमार कँडेल, प्रतिभा बिटु रोका, बज्रराजप्रसाद साह, मनु चौधरी, योगेन्द्र उप्रेती, रवि साह, रविन्द्र बस्कोटा, रोशन साह, विजयकुमार महता, विष्णुकुमार झा, शरत यादव, श्यामेन्द्रबहादुर सिंह वर्मा र सुमिना श्रेष्ठ हुनुहुन्छ ।
त्यस्तै, खण्ड (झ) अन्तर्गतको सदस्य पदका लागि १५ जना उम्मेदवार छनोट गरिएको छ। यस समूहमा अनिलकुमार यादव, कृष्ण के.सी., कृष्णप्रसाद रेग्मी, टेकेन्द्र चौलागाईं, दिनेश न्यौपाने, निशा आचार्य, निशा महतो, प्रणय दत्त ज्ञवाली, प्रमोदकुमार केसी, विश्वप्रकाश ठाकुर, बोधविक्रम कार्की, रविन्द्रमान श्रेष्ठ, वसन्तराज न्यौपाने, शैलिस थापा र सुमित माकेजस्ता उम्मेदवार हुनुहुन्छ ।
मन्त्रालयका अनुसार छनोट भएका उम्मेदवारको प्रस्तुतीकरण तथा अन्तर्वार्ता स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सिंहदरबारमा हुनेछ।
खण्ड (ज) का उम्मेदवारको अन्तर्वार्ता २०८३ भदौ १६ गते बिहान १०:३० बजे र खण्ड (झ) का उम्मेदवारको अन्तर्वार्ता २०८३ भदौ १७ गते बिहान १०:३० बजे तोकिएको छ।
मन्त्रालयले तोकिएको मिति र समयमा आवश्यक कागजातसहित उपस्थित हुन सम्बन्धित उम्मेदवारलाई सूचित गरेको छ।
