• सोमबार, १५ भदौ २०८३
  • images

    मेडिकल काउन्सिलमा सात सदस्य रिक्त

    मेडिकल काउन्सिलमा सात सदस्य रिक्त

    हेल्दीखबर
    आइतबार, पुस ८ २०८०
    हेल्दीखबर
    आइतबार, पुस ८ २०८०
    मेडिकल काउन्सिलमा सात सदस्य रिक्त

    काठमाडौँ, ८ पुस । नेपाल मेडिकल काउन्सिलमा ७ जना सदस्यको पद रिक्त रहेको छ । 
     गत शुक्रबारदेखि डा सुप्रभात श्रेष्ठ, डा प्रेनितकुमार पोखरेल र डा सन्ध्या चापागाईँको कार्यकाल पुरा भएको छ । 
    ती ४ जनालाई २०७६ साल पुस ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको थियो । 
    काउन्सिलले तीन साता अघि नयाँ अध्यक्ष पाएको छ । सरकारले प्राडा चोपलाल भुसाललाई नयाँ अध्यक्षमा मनोनित गरेको छ ।
    त्यसबेला डा श्रेष्ठ र डा पोखरेल दन्त चिकित्सकहरु मध्येबाट मनोनित गर्ने दुई जना मध्येमा परेका थिए । यता डा चापागाईँ भने मेडिकल तर्फको चिकित्सकबाट मनोनित हुने तीन जनामध्ये की एक हुन् ।

    काउन्सिलमा यसअघि पनि तीन जना सदस्य पद खाली रहेको छ ।  मेडिकल चिकित्सक समूहको तर्फबाट मनोनित चिकित्सक डा हरिहर वस्तीले बैशाख महिनामा नै राजिनामा दिएका थिए । यस्तै उपभोक्ताहरु मध्येबाट मनोनित भएका किशोर विक्रम मल्लले पनि राजिनामा दिएका थिए ।

    यस्तै संसदीय निर्वाचनमा उम्मेद्धार बन्ने निश्चित भएपछि  गतवर्ष  डा. तोसिमा कार्कीले पनि राजिनामा दिएकी थिईन् । 
     चिकित्साशास्त्र सम्वन्धी विषयमा अध्ययन् हुने विश्वविद्यालय वा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन वा शिक्षाध्यक्ष मध्येबाट नेपाल सरकारबाट मनोनित एक जना हुनु पर्नेमा त्यो पदमा समेत लामो समय देखि खाली रहेको छ ।

    त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका डीन हुँदा प्राडा जगदीश अग्रवाल यो समूहबाट सदस्यमा मनोनित थिए । तर त्यसपछि सो पद खाली नै रहेको छ ।

    काउन्सिलमा सरकारले मनोनित गर्ने अध्यक्ष, सदस्य र रजिष्ट्रार बाहेक एक जना उपाध्यक्ष र आठ जना सदस्य निर्वाचनबाट छनौट भई आउने व्यवस्था छ । यस्तै नेपाल चिकित्सक संघका अध्यक्ष, नेपाल दन्त चिकित्सक संघका अध्यक्ष पदेन सदस्य हुने व्यवस्था छ ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार