• आइतबार, १४ भदौ २०८३
  • images

    अध्यक्षमा डा. पौडेल अगाडि, सदस्यमा डा.हुलास अग्रवालको अत्याधिक मत

    अध्यक्षमा डा. पौडेल अगाडि, सदस्यमा डा.हुलास अग्रवालको अत्याधिक मत

    हेल्दीखबर
    आइतबार, मंसिर १२ २०७८
    हेल्दीखबर
    आइतबार, मंसिर १२ २०७८
    अध्यक्षमा डा. पौडेल अगाडि, सदस्यमा डा.हुलास अग्रवालको अत्याधिक मत

    काठमाडौं । नेपाल मेडिकल काउन्सिलको शनिबार सम्पन्न निर्वाचनमा १५००  मत गणना सप्पन्न भएको छ।  प्रज्ञाभवन कमलादीमा  जारी मतगणनामा खसेको मतमध्ये अहिलेसम्म १५०० मतको नतिजा सार्वजनिक गरिएको छ । सदस्यमा भने डा हुलास अग्रवालले सबैभन्दा बढी ९२९ मत प्राप्त गर्नुभएको छ। 
    मतगणना अनुसार उपाध्यक्ष पदमा डा शिवजी पौडेलले अग्रता कायम राख्नुभएको छ।  मतगणनाको सुरुमा डा प्रमोद यादवले अग्रता कायम गर्नुभएको थियो।  डा शिवजी पौडेलले    ६७८ मत प्राप्त गर्दा, डा प्रमोदकुमार यादवले ५६२ मत प्राप्त गर्नुभएको छ।  उपाध्यक्षका अर्का उम्मेद्धार डा रामपरीक्षण यादवको भने १७८ मत आएको छ ।
    सदस्यमा डा हुलास अग्रवाल सबैभन्दा बढी मत ल्याएर अग्रस्थानमा छन्। उहाले ९२९ मत ल्याएका छन्। डा गुरुचरण साह ६९० डा रोहीतकुमार मिश्रले ६४७, डा लवकुमार साहले ६३८ मत प्राप्त गरेका छन् । यसैगरी डा कालुसिंह खत्रीले ५७९ मत र डा तोसीमा कार्कीको ५७० मत आएको छ ।15-00.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार