• आइतबार, १४ भदौ २०८३
  • images

    नेपाल मेडिकल काउन्सिलको चुनावः तीन सदस्यीय निर्वाचन समिति गठन

    नेपाल मेडिकल काउन्सिलको चुनावः तीन सदस्यीय निर्वाचन समिति गठन

    बुधबार, भदौ १६ २०७८
    बुधबार, भदौ १६ २०७८
    नेपाल मेडिकल काउन्सिलको चुनावः तीन सदस्यीय निर्वाचन समिति गठन


    काठमाडौं । नेपाल मेडिकल काउन्सिलले उपाध्यक्ष पदमा एकजना र सदस्य पदमा ८ जनाको लागि निर्वाचन  गर्न  डा गणेश राईलाई प्रमुख निर्वाचन अधिकृत तोकेको छ। काउन्सिलले डा राईलाई प्रमुख निर्वाचन अधिकृत, डा मधुसुदन पुन र डा मनोज हुमागाईलाई निर्वाचन अधिकृत तोकेको हो। अब डा राईको निर्वाचन समितिले काउन्सिलको उपाध्यक्ष र सदस्यहरुको निर्वाचनका लागि तयारी गर्नेछन्। 
    निर्वाचनमा उम्मेदवार हुनका लागि उपाध्यक्ष पदका लागि कम्तीमा १५ वर्ष र सदस्य पदका लागि कम्तिमा ५ वर्षको अनुभव प्राप्त दर्तावाल चिकित्सक हुनुपर्ने व्यवस्था छ। यसरी निर्वाचित उपाध्यक्ष तथा सदस्यको कार्यकाल ४ वर्षको हुनेछ। यसअघि २०७४ मा निर्वाचित कार्याकारीहरुको पदावधि २०७८ असोज ५ गते समाप्त हुँदैछ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार