• आइतबार, १४ भदौ २०८३
  • images

    चिकित्सकको लापरवाहीले क्याप्टेनको मृत्यु भएको काउन्सिलद्वारा पुष्टि , एक वर्ष बिरामीको उपचार गर्न नपाईने

    चिकित्सकको लापरवाहीले क्याप्टेनको मृत्यु भएको काउन्सिलद्वारा पुष्टि , एक वर्ष बिरामीको उपचार गर्न नपाईने

    शुक्रबार, साउन ८ २०७८
    शुक्रबार, साउन ८ २०७८
    चिकित्सकको लापरवाहीले क्याप्टेनको मृत्यु भएको काउन्सिलद्वारा पुष्टि , एक वर्ष बिरामीको उपचार गर्न नपाईने

    काठमाडौं ।  नेपाल वायुसेवा निगमका क्याप्टेन राकेश जंगबहादुर राणाको मृत्यु  चिकित्सकको लापरबाहीले भएको  पुष्टि भएको छ।  चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै नेपाल मेडिकल  काउन्सिलले उपचारमा   भन्दै डाक्टरलाई कारबाही गरिएको छ । निगमका बरिष्ठ क्याप्टेन राकेश जंगबहादुर राणाको उपचारमा लापरवाही भई मत्यु भएको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले उपचारमा संलग्न  मुटुरोग विशेषज्ञ डा.ऋषि खत्रीलाई कारबाही गरेको हो । 

    क्याप्टेन राणाको २०७७ मसिंर १० गते हृदयघातका कारण मृत्यु भएको थियो । मंसिर ९ गते राति मलेसियाको उडानका लागि तयारी गर्दै गर्दा अचानक असहज महसुस भएपछि राणालाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेको भोलिपल्ट उहाँको मृत्यु भएको थियो। 
    राणाको उपचारमा संलग्न डा. खत्री र नागरिक उड्डयन प्राधिकरणका  नागरिक उड्डयन चिकित्सा निर्धारक डा.राजीवकुमार देउविरुद्ध उजुरी गरिएको थियो । क्याप्टेन राणाकी श्रीमती पुष्पा राणाले गत चैत ४ गते मेडिकल काउन्सिलमा उजुरी दिनुभएको थियो । 
    छानबिनपछि उपचारमा लापरवाही देखिएको ठहर गर्दै काउन्सिलले डा. खत्रीमाथि कारबाही गरेको हो । काउन्सिलले यही साउन ४ गते उजुरीकर्ता पुष्पा राणालाई पत्र लेखी चिकित्सकमाथि कारबाही गरेको जानकारी दिएको छ । चिकित्सक विरुद्धमा परेको उजुरी सम्बन्धमा छानबिन हुँदा निजले चिकित्सकीय लापरवाही गरेको देखिएको काउन्सिलले पठाएको पत्रमा भनिएको छ । 
    डा. खत्रीलाई  सूचना जारी भएको मितिले १ वर्षसम्म मुटुरोग विज्ञको हैसियतमा काम गर्न नदिने निर्णय भएको काउन्सिलले जनाएको छ ।एक वर्ष तालिम र थप सिकाइ गरेको प्रमाण पेश गरेपश्चात मात्रै मुटुरोगको उपचार गर्न गराउन अनुमति दिने निर्णय पनि काउन्सिलले गरेको छ । 
    नेपाल नागरिक उड्ययन प्राधिकरणमा चिकित्सकको नियुक्ति तथा निजहरूको जिम्मेवारी सम्बन्धमा  पनि विभिन्न व्यवस्था गर्न निमगलाई आग्रह गर्ने निर्णय काउन्सिलले गरेको छ। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार