• आइतबार, १४ भदौ २०८३
  • images

    नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई ह्दयघात, अवस्था सामान्य

    नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई ह्दयघात, अवस्था सामान्य

    हेल्दीखबर
    शुक्रबार, असोज ८ २०७८
    हेल्दीखबर
    शुक्रबार, असोज ८ २०७८
    नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई ह्दयघात, अवस्था सामान्य


    काठमाडौं  । थापाथलीस्थित नर्भिक अस्पतालका संस्थापक वसन्तकुमार चौधरीलाई हृदयघात भएको छ । केहिदिन अगाडी पारिवारिक घुमफिरका लागि दुवई जानुभएका चौधरीलाई दुवइमा ह्दयघात भएको हो । उहाँलाई अहिले दुवइस्थित एक  अस्पतालमा भर्ना गरिएको छ । नर्भिक अस्पताल श्रोतका अनुसार  ह्दयघात भएको र चिकित्सकहरुले ओपनहार्ट सर्जरी गर्न सुझाव दिएका छन् । तर समाचारमा आएजस्तो अवस्था जटिल नभएको र मुटुको शल्यक्रिया गर्ने तयारी भइरहेको छ । अहिले चौधरी सामान्य अवस्थामा हुनुहुन्छ । 
    केहि दिन अगाडी पनि नर्भिक अस्पतालमा मुटुको एन्जिओग्राम गर्दा मुटुमा समस्या देखिएको थियो । 
    नर्भिक अस्पतालले भने वसन्त चौधरीलाई ह्दयघात भएको खबरलाई  े गम्भीर ध्यानाकषण भएको जनाएको छ । शुक्रबार एक विज्ञप्ती निकाल्दै अस्पतालले चौधरीबारेको समाचार ‘पूर्ण रुपमा’ सत्य नभएको र चौधरीको अवस्था गम्भीर नभएको जनाएको हो ।  
    विज्ञप्तीमा भनिएको छ, ‘नर्भिकका संस्थापक दुबईमा हृदयघात भई अवस्था गम्भीर बनेको भन्ने आशयका समाचारहरुप्रति हाम्रो ध्यानाकर्षण भएको छ । यो समाचार ‘पूर्ण रुपमा’ सत्य नभएको जानकारी गराउँदछौं । उहाँ निजी प्रयोजनका लागि दुबई जानुभएको र उहाँको स्वास्थ्य अवस्था गम्भीर नभएको जानकारी गराउँछौं ।’

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार