• आइतबार, १४ भदौ २०८३
  • images

    नर्भिक अस्पतालले तिजको बिदामा पनि ओपिडी सेवा सुचारु गर्ने 

    नर्भिक अस्पतालले तिजको बिदामा पनि ओपिडी सेवा सुचारु गर्ने 

    बुधबार, भदौ २३ २०७८
    बुधबार, भदौ २३ २०७८
    नर्भिक अस्पतालले तिजको बिदामा पनि ओपिडी सेवा सुचारु गर्ने 

    काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालले तिजको बिदाको दिन पनि ओपिडी सेवालाई सुचारु गर्ने भएको छ। प्राय अस्पतालहरुमा सार्वजनिक बिदाको दिन ओपिडी सेवा संचालन हुँदैन। नर्भिकले भने तिजको बिदाको दिन समेत सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर ओपिडी सेवा निश्चित अवधिका लागि सुचारु गर्ने निर्णय गरेको हो। 
    नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार तिजको सार्वजनिक बिदा परेको बिहीबार नर्भिकमा केही कन्सल्ट्यान्टहरुले ओपिडी सेवा दिनेछन्। 
    कार्डियोलोजीतर्फ डा जेपी जैसवाल, अर्थोपेडिकतर्फ डा सगुन जोशी, छातिरोग विशेषज्ञ डा रमेश चोखानी, साइकाट्रिस्ट डा यादव बिष्ट, कार्डियोतर्फ नै डा शैलेन्द्र कुश्वाहा, यूरोलोजिस्ट डा सुनिल श्रेष्ठ, बालरोग विशेषज्ञ डा अञ्जली बगेडिया, ग्यास्ट्रोलोजिस्ट डा.शशी, नाक, कान घाटी विशेषज्ञ डा किरण राज र गाइनोकोलोजिस्ट डा नूतन शर्माले ओपिडी सेवा दिनेछन्।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार