• आइतबार, १४ भदौ २०८३
  • images

    नर्भिक अस्प्तालका सस्थापक वसन्त चौधरीको दुबईस्थित अमेरिकन हस्पिटलमा ‘ओपन हार्ट सर्जरी’

    नर्भिक अस्प्तालका सस्थापक वसन्त चौधरीको दुबईस्थित अमेरिकन हस्पिटलमा ‘ओपन हार्ट सर्जरी’

    हेल्दीखबर
    आइतबार, असोज १७ २०७८
    हेल्दीखबर
    आइतबार, असोज १७ २०७८
    नर्भिक अस्प्तालका सस्थापक वसन्त चौधरीको दुबईस्थित अमेरिकन हस्पिटलमा ‘ओपन हार्ट सर्जरी’

    काठमाडौ । थापाथलीस्थित नर्भिक अस्पतालका संस्थापक वसन्तकुमार चौधरीको मंगलबार दुबईस्थित अमेरिकन हस्पिटलमा मुटुको शल्यक्रिया गरिएको छ।
    नर्भिक अस्पताललका अनुसार चौधरीको ‘ओपन हार्ट सर्जरी’ गरिएपश्चात  ‘पोस्ट अपरेटिङ केयर’मा राखिएको छ ।
    गत साता परिवारसँग व्यक्तिगत कामले  दुबई जानुभएका  चौधरीको असोज ८ गते स्वास्थ्यमा अचानक समस्या देखिएपछि दुवइको अमेरिकन अस्पताल भर्ना हुनुभएको थियो । 
    दुई दिनपछि उहाको ‘डिस्चार्ज’ गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । 

    उपचारको क्रममा सामान्य खालको हृदयाघात भएको र मुटुको धमनीमा समेत समस्या देखिएपछि चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए। सोही सुझावअनुसार उहाको शल्यक्रिया गरिएको हो।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार