काठमाडौँ । विश्वभर मुटुरोगको खतरा तीव्ररुपमा बढ्दै छ। पुरुषमा ४० वर्षपछि र महिलामा ४५ वर्षको उमेर पछि हृदयघात हुने हामी सुन्नमा पाउँछौं। तर, हृदयघातको कुनै उमेर हुँदैन। चाहे २५ वर्षको उमेर हो वा ४५, हृदयघात जसलाई पनि हुनसक्छ । हृदयघातको एक प्रमुख लक्षण छातीमा दुख्नु हो ।
यसका लक्षण‘ गर्दनमा दुखाइ, प्राय जब छातीमा दुखाई हुन्छ तब सो दुखाईलाई जोडेर हेरिने गरिन्छ। तर, क्लीवल्याण्ड क्लीनिक मेडिकल सेन्टरको दावीका अनुसार महिलाहरुमा हार्ट अट्याक आउने अवस्थामा गर्दन, बङ्गारो, पीठ र पाखुरा दुख्ने गर्छ। जसलाई वेवास्ता गर्न हुँदैन। चक्कर लाग्ने, श्वास लिनमा समस्या हुने हृदयघातको सामान्य लक्षण हो। तर, ताजा रिपोर्टका अनुसार महिलामा चक्कर आउने समस्या पनि सामान्य एक लक्षण मानिन्छ। यसकारण सतर्क हुनु जरुरी छ। पेट दुख्ने, पेटमा दुख्ने समस्या प्राय सबैलाई हुने गर्छ।
तर, महिलाहरुमा यदि तीव्र पेट दुख्ने समस्या देखिन्छ वा पेटमा असामान्य दबाव महसूस भैरहको छ भने पनि हार्टअट्याकको लक्षण हुन् सक्छ । यस्तो अवस्थामा तपाई मुटुसम्बन्धित डाक्टरसँग परामर्श लिनुपर्ने हुन्छ। चिसो पसिना आउनु, शरीरबाट पसिना निक्लनु एउटा सामान्य प्रक्रिया हो। तर महिलालाई हृदयघातको क्रममा चिसो पसिना आउने गरेको कयौंपटक पाइएको छ। यदि चिसो पसिना आउने गर्छ भने तुरुन्त चिकित्सकसँग सम्पर्क गर्न जरुरी छ। अत्यधिक थकान महशुस हुनु, तपाईले धरै आराम गर्नुभयो तर पनि लगातार थकान महशुस भैरहेको छ र उठेर १० पाइला पनि चाल्न सक्नुहुन्छ जस्तो लाग्दैन भने यो पनि हृदयघाटको लक्षण हुनसक्छ। –एजेन्सी