• आइतबार, १४ भदौ २०८३
  • images

    हृदयघातबाट एमाले नेताको  निधन

    हृदयघातबाट एमाले नेताको  निधन

    हेल्दीखबर
    बिहीबार , पुस २२ २०७८
    हेल्दीखबर
    बिहीबार , पुस २२ २०७८
    हृदयघातबाट एमाले नेताको  निधन

     काठमाडौं । हृदयघातबाट एमालेका रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको निधन भएको छ। एमाले जिल्ला अध्यक्ष बालाराम बुढामगरले त्रिवेणी गाउँपालिका–२ नुवागाउँका ४७ वर्षका रोकाको निधन भएको जानकारी दिनुभयो । अध्यक्ष बुढामगरका अनुसार रोकाको बुधबार राति पौने ९ बजे निधन भएको हो।
    २३ पुसमा एमालेको जिल्ला अधिवेशन सुरु हुँदै थियो । जिल्ला अधिवेशनको तयारीमा खटिइरहनु भएका रोकालाई हिजो बिहानदेखि छाति दुख्ने समस्या देखिएको थियो । बेलुका धेरै छाती दुख्यो भनेपछि स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटैमा रोकाको निधन भएको हो। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार