काठमाडौँ। नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा शिवजी पौडेल निर्वाचित हुनुभएको छ। पौडेलले उपाध्यक्षका प्रत्यासीद्धय डा प्रमोदकुमार यादव र डा रामपरीक्षण यादवलाई भारी मतान्तरले पछि पार्दै उपाध्यक्षमा निर्वाचित हुनुभएको हो।
निर्वाचन समितिका अनुसार उपाध्यक्षमा विजयी डा पौडेलले पाँच हजार ७२ मत प्राप्त गर्नुभयो। प्रतिस्पर्धी डा प्रमोद यादवले दुई हजार ४३७ प्राप्त गर्नुभयो ।
यस्तै सदस्यहरुमा डा हुलास अग्रवाले सबैभन्दा बढी मत ल्याउनुभयो। उहाँले चार हजार ४५९ मत ल्याएका विजयी हुनुभयो । यस्तै दोस्रो बढी अर्थात ३ हजार ९९९ मत ल्याएकी डा तोशीमा कार्की विजयी हुनुभयो। तीन हजार ४९० मत ल्याएर डा कालुसिंह खत्री विजयी हुनुभयो। यस्तै हजार ३५३ मत ल्याएर डा कुञ्जन शेर्पा र ३ हजार ३३१ मत ल्याएका डा गुरुशरण साह पनि बिजयी हुनुभयो।
यसैगरी २ हजार ७७६ मत ल्याएका डा रुपक विके घिमिरे, २ हजार ६७२ मत ल्याएका डा विश्वराज दवाडी र २ हजार ३८४ मत पाएका डा रोहितकुमार मिश्रा पनि विजयी हुनुभयो।