काठमाडौ । चिकित्सा शिक्षा स्नातक तर्फ एमविविएस तथा विडिएस अध्ययन गरिसकेका विद्यार्थीहरुले अब देखि प्रयोगात्मक परीक्षा दिने व्यवस्था गरिएको छ ।
त एमबीबीएस तथा बीडीएस अध्ययन गरीसकेपछि दिइने लाइसेन्स परीक्षामा सहभागी हुँदा अब प्रयोगात्मम परीक्षा पनि उत्तिण हुनुपर्ने नेपाल मेडिकल काउन्सिलले जानकारी दिएको छ ।
मेडिकल काउन्सिलले यसअघि पनि प्रयोगात्मक विषयको उठान गरेपनि लागू हुन सकेको थिएन ।
दर्तावाल चिकित्सक हुनका लागि लिखितका साथै प्रयोगात्मक परीक्षा पनि पास गर्नुपर्ने हुन्छ ।
मेडिकल काउन्सिलका प्रवक्ता डा कृष्ण अधिकारी अब हुने लाइसेन्स परीक्षामा प्रयोगात्मक समेत हुने जानकारी दिनुभयो ।
उहाँले एमबीबीएसको लाइसेन्स परीक्षामा सहभागीले सुरुमा लिखित परीक्षा दिने र त्यसमा उत्तीर्ण भएकाले मात्र प्रयोगात्मक परीक्षा दिनुपर्ने हुन्छ ।
काउन्सिलको ऐनमा चिकित्सकको नाम दर्ता (लाइसेन्स) परीक्षा लिखित, मौखिक र प्रयोगात्मक हुन सक्छ भन्ने व्यवस्था रहेकोले प्रयोगात्मक हुने व्यवस्था कार्यान्वयन गर्न खोजिएको हो ।
डा अधिकारीका अनुसार प्रयोगात्मक अभ्यासका लागि ५० देखि ६० विषयमा राखिनेछ । त्यसमध्ये विद्यार्थीले १० वटा विषयमा प्रयोगात्मक अभ्यास गर्नुपर्ने हुन्छ ।