• सोमबार, २५ साउन २०८३
  • images

    चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षा साउन नौ देखि हुनसक्ने 

    चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षा साउन नौ देखि हुनसक्ने 

    शनिबार, असार १२ २०७८
    शनिबार, असार १२ २०७८
    चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षा साउन नौ देखि हुनसक्ने 

    काठमाडौं ।  चिकित्सा शिक्षा तर्फ स्नातक तहको प्रवेश परीक्षा आगामी ९ साउन देखि सुरु हुने भएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र चिकित्सा शिक्षा आयोगका पदाधिकारीबीचको  छलफल ९ साउन देखि प्रवेश परीक्षा सुरु गर्ने विषयमा केन्द्रीत रहेको छ । यसअघि आयोगले असार २६ गतेबाट परीक्षा लिने तयारी गरेको थियो । असार २६ गतेलाई  सीसीएमसीले सहमति दिन अस्वीकार गरेको छ ।

    आयोगका उपाध्यक्ष प्राडा. श्रीकृष्ण गिरीले आयोग पदाधिकारी र सीसीएमसीका प्रतिनिधिबीच  भएको छलफल ९ साउन देखि परीक्षा शुरु गर्ने भन्ने विषयमा छलफल भएको बताउनुभयो ।  आउँदो हप्ता आयोगको कार्यकारी समितिको बैठक बस्ने र त्यसले निर्णय गरेपछि सीसीएमसीसंग अनुमति माग्ने उहाके भनाई छ ।  त्यसपछि अनुमति पाइयो भने परीक्षाको तालिका सार्वजनिक हुने उहाँले बताउनुभयो ।  । यसअघि आयोगले उपत्यका बाहिर पनि परीक्षा सञ्चालन गर्न सकिने भन्दै विद्यार्थीसंग विवरण माग गरेको थियो । आयोगले काठमाडौँ बाहेक विराटनगर, चितवन, नेपालगञ्ज लगायतका शहरमा पनि परीक्षा लिने तयारी गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार