• सोमबार, २५ साउन २०८३
  • images
    वीएण्डसी मेडिकल कलेज

    वीएण्डसी मेडिकल कलेज अनुगमन समिति सदस्य डा. अधिकारी बाहिरिए

    वीएण्डसी मेडिकल कलेज अनुगमन समिति सदस्य डा. अधिकारी बाहिरिए

    आयोग भन्छः दुई व्यक्तिको इगोमा सबैलाई पारियो

    हेल्दीखबर
    शनिबार, असार २६ २०७८
    हेल्दीखबर
    शनिबार, असार २६ २०७८
    वीएण्डसी मेडिकल कलेज अनुगमन समिति सदस्य डा. अधिकारी बाहिरिए


    काठमाडौं,२६ असार  । बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरको अनुगमन टोलीमा रहनुभएका डा. भोजराज अधिकारी उक्त टोलीबाट बाहिरिएसंगै उक्त समितिले आयोगलाई प्रतिवेदन नबुझाउने भएको छ ।   
     
     अनुगमन समितिका सदस्य डा. भोजराज अधिकारीले आफ्नो नाम जोडिएर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समाचारहरु आएकाले नैतिकताका आधारमा आफु अनुगमन टोलीमा संलग्न हुन नसक्ने लिखित जवाफ चिकित्सा आयोग कार्यकारी समितिलाई दिनुभएको छ । उहाँले विएण्डसीको प्रतिवेदन बुझाउन नसक्ने बताउनुभएको छ । चिकित्सा शिक्षा आयोग कार्यकारी समितिलाई पत्र लेख्दै अनुगमनमा आफ्नो कुनै पनि इन्ट्रेस्ट नहुँदा नहुँदै आफ्नो नाम जोडिएकाले उक्त टोलीबाट भए गरेका कामको प्रतिवेदन आफुले बुझाउन नसक्ने बताउनुभएको छ । अनुगमन गरेको तीनसाता बितिसक्दा पनि प्रतिवेदन बुझाउन नसक्दा बीएण्डसीको सम्वन्धन प्रक्रिया अलपत्र परेपछि अस्पतालका सञ्चालक दुर्गा पर्साइले प्रधानमन्त्री स्वंयमलाई सम्बन्धन दिन या बन्द गर्न आग्रह गर्नुभएको थियो ।  आयोगका उपाध्यक्ष प्राडा.श्रीकृष्ण गिरी र बीएण्डसीका सञ्चालक प्रसाईबीचको विवादमा अदालतमा डा.अधिकारी साक्षी बस्नुभएको थाहा पाएपछि ‘कनफ्लिक्ट अफ इन्ट्रेस्ट’ हुन सक्ने भन्दै अनुगमन टोलीका संयोजक डा.प्रकाशराज पाण्डेले आयोगको कार्यकारी समिति बैठकमा प्रतिवेदन बुझाउन मान्नु भएको छैन । डा.अधिकारीले प्राडा.गिरी र प्रसाईबीच आफ्नो कुनै लिनुदिनु नरहेको समेत आयोगलाई पठाउनु भएको पत्रमा उल्लेख गर्नुभएको छ । 

    चिकित्सा शिक्षा आयोगका प्रवक्ता डिल्लीराज लुइटेलले  इन्ट्रेस बाझिएपछि समितिका संयोजकले समेत प्रतिवेदन बुझाउन नसक्ने जानकारी दिएको बताउनुभयो । साउन नौ गतेदेखि आयोगले परिक्षा गर्दैछ,प्रवक्ता लुइटेलले भन्नुभयो,“त्यसपछि विएण्डसिको विषयले प्राथमिकता पाउला ।” अब आयोग परिक्षामा केन्द्रीत हुने भन्दै दुईजनाको इगोका कारण समस्या भएको बताउनुभयो । उहाँले दुई व्यक्तिको इगोको कारण सबैलाई समस्या भएको गुनासो गर्नुभयो । 

     

    dr bhoj.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार