• शनिबार, १४ कात्तिक २०८३
  • images

    बागमती प्रदेशकी स्वास्थ्य सचिव डा. गौतमको सरुवा

    बागमती प्रदेशकी स्वास्थ्य सचिव डा. गौतमको सरुवा

    बुधबार, कात्तिक ११ २०८३
    बुधबार, कात्तिक ११ २०८३
    बागमती प्रदेशकी स्वास्थ्य सचिव डा. गौतमको सरुवा

    हेटौँडा, ११ कात्तिक । बागमती प्रदेशको स्वास्थ्य सचिव डा. सुमित्रा गौतमको सरुवा भएको छ । गत ३० असोजमा बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो ।

    डा. गौतमको सरुवा भएपछि बागमती प्रदेशको स्वास्थ्य सचिव पदमा अहिलेसम्म नयाँ सचिव नियुक्त गरिएको छैन । 

    images

    स्त्रीरोग विशेषज्ञ डा. गौतम सङ्घीय सरकारअन्तर्गतको दरबन्दीमा रहनुभएको छ । उहाँ २०८१ पुस ११ गतेदेखि बागमती प्रदेशको स्वास्थ्य सचिवका रूपमा हेटौँडामा कार्यरत हुनुहुन्थ्यो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार