• आइतबार, १४ भदौ २०८३
  • images

    अब नेपालमै लिंग परिवर्तन शल्यक्रिया गर्न सकिने

    अब नेपालमै लिंग परिवर्तन शल्यक्रिया गर्न सकिने

    आइतबार, जेठ २५ २०८२
    आइतबार, जेठ २५ २०८२
    अब नेपालमै लिंग परिवर्तन शल्यक्रिया गर्न सकिने

    काठमाडौँ, २५ जेठ । महराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा  नेपालमा पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) सफलतापूर्वक  सप्पन्न  भएको छ।

    अस्पतालले आइतबार पत्रकार सम्मेलन गरी नेपालमै पहिलोपटक  सेक्स चेन्ज शल्यक्रिया  (मेल टु फिमेल)सम्पन्न गरिएको जानकारी दिएको हो।

    अस्पतालका प्लास्टिक सर्जन बिभागका प्रमुख प्राडा. ईश्वर लोहनीले दिनुभएको जानकारी अनुसार जनकपुर निवासी २५ वर्षिया ट्रान्सजेन्डरमा शल्यक्रिया गरिएको हो ।
      सेक्स चेन्ज शल्यक्रियामा पुरुषको लिंगको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रीय अंगको पुनर्निर्माण गरिएको थियो। शल्यक्रिया गरिएको व्यक्ति केटा बाट केटी बनाइएको हो ।
     सो व्यक्तिलाई आफूले चाहेको लैंगिक पहिचान प्राप्त गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

    डा लोहनीका अनुसार अस्पतालको प्लास्टिक सर्जरी विभागले यही जेठ १२ देखि १५ गतेसम्म ट्रान्सजेन्डर समुदायका लागि विभिन्न प्रकारका सर्जरी गरेको थियो।
     त्यसै क्रममा देशमै पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको सेक्स चेन्ज अपरेसन पनि सफल भएको हो।
    उक्त शल्यक्रिया गर्नलाइ पहिलो पटक अमेरिका बाट चिकित्सक आउनुभएको थियो। 
    अब शल्यक्रिया गर्दा विदेशी चिकित्सकलाई बोलाइराख्नुपर्दैन डा. लोहनीले भन्नुभयो । 
    उक्त शल्यक्रिया टाेलिमा डा. एलिरेजासहित नेतृत्वमा तथा प्लास्टिक सर्जरी विभाग प्रमुख डा.  श्रेष्ठ, प्लास्टिक सर्जनहरू प्रा.डा. ईश्वर लोहनी, डा. संगम रायमाझी, डा. समित शर्मा, डा. विकेश राजभण्डारी, डा. हिमालय निरौला तथा रेजिडेन्ट डाक्टरहरू डा. अनुप थापा, डा. सुदीप पण्डित, डा. आशिष अधिकारी, डा. नोभेल, डा. ईशा, डा. अस्बिनको सहभागिता थियो तथा एनेस्थेसियामा डा. मेघा कोइराला तथा डा. पंकज जोशीसहितको  टाेलिले शल्यक्रिया गरेको हो ।

    डा. जयनमान श्रेष्ठले अबदेखि शिक्षण अस्पतालमा नियमित रूपमा शल्यक्रिया गरिने  सेवा गरिने बताउनुभयो  । हालसम्म यस्तो शल्यक्रिया गर्नका लागि  विदेशमा जानुपर्ने बाध्यता थियो ।

    teaching-e1749364808600-768x1123.jpg
    undefined

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार