नेपालगञ्ज, १० वैशाख । नेपालगञ्जस्थित भेरी अस्पतालमा एकैदिन दुईजनाको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।
मंगलबार अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा शुरु गरेको हो ।
भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको सहकार्यमा प्रत्यारोपण सेवा सुरु गरिएको हो।

मिर्गौला प्रत्यारोपणका लागि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठसहित १४ जनाको टोली नेपालगञ्ज गएको थियो ।
केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले मिर्गौल प्रत्यारोपण सेवाको पहिलो दिन दुई बिरामीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको जानकारी दिनुभयो ।
उहाँले पहिलो प्रत्यारोपण महोत्तरीका ४० वर्षीय पुरुषको प्रत्यारोपण गरिएको थियो। उहाँलाई ४० वर्षीया महिलाले मिर्गौला दान गर्नुभएको थियो ।
मिर्गौला दान गर्ने महिला बिरामी पुरुषको श्रीमती हुनुहुन्छ ।
यस्तै दोस्रो प्रत्यारोपण बर्दियाका ३७ वर्षीय पुरुषमा गरिएको हो। उहाँलाई आफ्नै २६ वर्षीया श्रीमतीले मिर्गौला दान गर्नुभउको थियो ।
डा. श्रेष्ठले भेरी अस्पतालमा हालका लागि महिनाको एक जनाको मिर्गौला प्रत्यारोपण सेवा संचालन गर्ने योजना रहेको बताउनुभयो ।
त्यसको लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता बृद्धि गरी आत्मनिर्भर बनाउनको लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा थप तालिममा पठाउने योजना बनाएइएको छ ।